काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले आगामी कात्तिक १७ गतेबाट बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ ।
यसअघि कात्तिक १ गतेदेखि नै अभिकर्ताको परीक्षा सञ्चालन गर्ने बताएको प्राधिकरणले कात्तिक १७ गतेबाट मात्रै नियमित परीक्षा सञ्चालन गर्ने बताएको छ। बीमा ऐन, २०७९ मा बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजतपत्र दिने व्यवस्था छ ।
प्राधिकरणका अनुसार सम्पूर्ण परीक्षाको मिति तथा समय अभिकर्ताले परीक्षा दिने लिंकमा उपलब्ध हुने र प्रत्येक चरणको परीक्षामा बढीमा १०० जना परीक्षार्थीलाई मात्रै सामेल गराइनेछ।
परीक्षाका लागि प्राधिकरणले सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको बताएको छ। प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो।
परीक्षामा सहभागी हुन परीक्षार्थीहरुले प्राधिकरणको सिष्टममा यसअघि नै दर्ता गराइसकेका छन्। बीमा कम्पनीहरुले प्राधिकरणको आईआरएमआईएस सफ्टवेयरमार्फत् गर्दै आएको बीमा अभिकर्ताको नयाँ लाइसेन्स दर्ता प्रक्रिया भने असोज २५ गतेदेखि नै बन्द भइसकेको छ।
अभिकर्ता परीक्षासम्बन्धी निर्देशिकामा उल्लेखित पाठ्यक्रमअनुसार अभिकर्तालाई २५ वटा प्रश्न सोधिने छ। प्रश्नहरु भने वस्तुगत हुनेछन्। प्रत्येक प्रश्नको अंकभार २ हुनेछ। प्राधिकरणका अनुसार कुल अंकभार १०० र उत्तीर्णांक ५० हुनेछ। यसर्थ अभिकर्ताले लाइसेन्स प्राप्त गर्न अर्थात् परीक्षा उत्तीर्ण गर्न २५ वटा प्रश्न अनिवार्य मिलाउनुपर्नेछ।
प्राधिकरणका अनुसार उत्तरपुस्तिकाको परीक्षण सफ्टवेयरका माध्यमबाट छिटो गरिने छ। परीक्षामा ५० प्रतिशत प्राप्तांक ल्याउने परीक्षार्थीलाई मात्र प्रमाणपत्र प्रदान गरिने छ।
परीक्षार्थीले जुन बीमा कम्पनीले सञ्चालन गरेको अभिकर्ता तालिम कार्यक्रममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेको हो सोही बीमा कम्पनीकै अभिकर्ता भएर कार्य गर्नुपर्ने छ ।
बीमा प्राधिकरणले परीक्षार्थीहरुको सहजताका लागि पाठ्यक्रमसमेत सार्वजनिक गरिसकेको छ ।
परीक्षार्थीले जोखिम र जोखिम व्यवस्थापन, बीमाको परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, जीवन बीमासम्बन्धी कागजात, बीमाशुल्क र बोनस, जोखिमांकन, दाबी, जीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमासम्बन्धी कानुनी व्यवस्था र बीमा बजारसम्बन्धी विषयहरुको अध्ययन गर्नुपर्नेछ। परीक्षार्थीले बीमा प्राधिकरणले आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको पाठ्यक्रम र नमूना प्रश्नपत्र हेर्न सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago