काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले कात्तिक १७ गतेबाट बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ ।
प्राधिकरणले परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ । परीक्षा कात्तिक १७ गते, २० गते, २२ गते र २४ गते गरी ४ दिनसम्म हुनेछ । प्राधिकरणका अनुसार परीक्षा बिहान ११ बजेदेखि १२ः३० सम्म डेढ घण्टाको हुनेछ ।
साथै प्रत्येक चरणको परीक्षामा बढीमा १०० जना परीक्षार्थीलाई सामेल गराइनेछ ।
यस्तो छ गाइडलाइन
प्राधिकरणले परीक्षार्थीहरुलाई परीक्षामा सामेल गराउन आफ्नो साइट https://agentexam.nia.gov.np/Master?ReturnUrl=%2F मार्फत गाइडलाइन समेत सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार परीक्षार्थीले चार आफुलाई पायक पर्ने मिति तोकेर परीक्षा दिन सक्नेछन् । तर आफुले लगइन गरेपछि परीक्षा मेनुमा कुन दिन अभाइलेभल छ, त्यो मात्रै देखाउनेछ ।
१. सर्वप्रथम परीक्षामा सहभागी हुने परीक्षार्थीले प्राधिकरणले उपलब्ध गराएको वेबसाइट खोलेर लगइन गर्नुपर्नेछ । सिस्टममा प्रयोग भएको आफ्नो मोबाइल नम्बर र पूर्वनिर्धारित पासवर्ड प्रयोग गर्नुपर्ने छ ।
२. लगइनपश्चात् एक्जामिनेसन भन्ने एउटा ड्यासबोर्ड खुल्नेछ ।
३. एक्जामिनेशनको सब–मेनु सेलेक्ट गरी त्यसबाट मिति प्राप्त गर्न सकिनेछ । त्यहाँ अभाइलेभल भएका मितिमध्ये परीक्षार्थीले जुन कुनै मिति चयन गर्न सक्नेछन् । यदि एउटा मात्रै मिति अभाइलेभल छ, भने सोही डेट नै छान्नुपर्ने छ ।
परीक्षार्थीले परीक्षाको डेढ घण्टा अघि परीक्षाको मिति चयन गर्न सक्नेछन् । मिति चयन गरिसकेपछि तलपट्टि देखिने सबमिट बटन थिचेर कन्फर्म गर्नुपर्नेछ ।
४. साथै परीक्षार्थीले परीक्षाको सब मेनुमै रहेको स्टार्ट इक्जाम भन्ने अपसनमा गई त्यहाँ देखाइएको टर्म्स एण्ड कन्डिसनमा देखाइएको सबै बुँदाहरु पढेर तलपट्टि रहेको ‘स्वीकार गरेको छु’ भन्ने चेकबक्समा टिक लगाई कन्फर्म गर्नुपर्दछ ।
त्यसपछि हरियो रङमा देखाइएको ‘जोइन मिटिङ’ भन्ने बटनमा थिच्नुपर्दछ । त्यसपछि परीक्षाको लागि जुम डाइलगको बक्स देखिनेछ । त्यहा देखाइएको अडियो र भिडियो दुबै अपसन सक्षम (इनेबल) हुनेछ । अडियो र भिडियो इनेबल गरेपछि मात्रै परीक्षा सञ्चालन गर्न सकिनेछ । परीक्षार्थीले परीक्षा अवधिभरी अडियो र भिडियो डिजेबल गर्न पाउने छैन ।
५. परीक्षार्थीले परीक्षा शुुरु गरिसकेपछि आफ्नो स्क्रिनमा वस्तुगत प्रश्नहरु देखिनेछ । डेढ घण्टाभित्र परीक्षार्थीले त्यहाँ रहेका सबै प्रश्नको उत्तर टिक लगाई सबमिट गर्नुपर्ने छ ।
६. परीक्षार्थीले प्रश्नहरु सबमिट गरिसकेपछि नतिजा त्यसमै तुरुन्तै देखिनेछ । जसमा प्रयास गरिएका कुल प्रश्न संख्या, छोडिएका प्रश्न संख्या, कुल प्राप्ताङ्क र कुल प्रतिशत देखाउने छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago