काठमाण्डौ । काबेली विकास बैंकले आगामी साउन १९ गतेलाई बुक क्लोजको मिति तोकेको छ ।

यो बैंकले २ बराबर १ को अनुपातमा निश्कासन गर्न लागेको हकप्रदका लागि बुक क्लोजको मिति तोकेको हो । 

साउन १८ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । 

काबेली विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल ३ लाख ५० हजार ८ सय ८० कित्ता सेयर निश्कासन गर्नेछ । 

यो बैंकको २०७३ जेठ २९ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । हकप्रदको पूँजीकरणपछि बैंकको चुक्तापूँजी १० करोड ५२ लाख पुुग्नेछ ।