काठमाण्डौ । कामना विकास बैंक र सेवा विकास बैंकबीच नाफामा टक्कर देखिएको छ । आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म कामना विकास बैंकले १७ करोड ६५ लाख खूद नाफा आर्जन गरेको छ । यो अवधिमा सेवा विकास बैंकले पनि १७ करोड २८ लाख नाफा कमाएको छ । 

समीक्षा अवधिमा कामनाले ३९ करोड ११ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३४ करोड ७३ लाख रुपैयाँ थियो । 

सेवाले चाहि यो अवधिमा ३६ करोड २९ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष सेवाको यस्तो आम्दानी २३ करोड ८६ लाख थियो । व्यवसाय बिस्तारमा कामना भन्दा सेवाको प्रगति राम्रो देखिएको छ । 

समीक्षा अवधिमा कामनाले २६ करोड ९७ लाख संचालन मुनाफा आर्जन गरेको छ भने सेवाले २६ करोड ७३ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष कामनाको संचालन मुनाफा २६ करोड ६६ लाख थियो भने सेवाको १७ करोड ९३ लाख थियो । संचालन मुनाफातर्फ पनि कामना भन्दा सेवाकै राम्रो प्रगति देखिएको छ । 

यो अवधिमा कामनाले ६ अर्ब ९८ करोड निक्षेप संकलन गरी ६ अर्ब ११ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६ अर्ब ९० करोड निक्षेप संकलन गरी ५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको थियो । 

सेवाले यो अवधिमा ५ अर्ब ६१ करोड निक्षेप संकलन गरी ५ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ८१ करोड निक्षेप संकलन गरी ४ अर्ब ८ करोड कर्जा परिचालन गरेको थियो। 

जगेडाकोष सेवाको भन्दा कामनाको बलियो देखिएको छ । तर, जगेडाकोषतर्फको वृद्धिमा चाहि कामना भन्दा सेवा अगाडि छ । कामनाले २९ करोड १८ लाख रहेको जगेडा कोषलाई बढाएर ३१ करोड ७८ लाखको उचाईमा पुर्याएको छ भने सेवाले २२ करोड रहेको जगेडाकोषलाई बढाएर २९ करोड ५७ लाखको उचाई बनाएको छ । 

हालकामनाको चुक्तापूँजी ८० करोड ४३ लाख छ भने सेवाको १ अर्ब १ करोड रहेको छ । 

समीक्षा अवधिमा कामना विकास बैंकको प्रतिसेयर आम्दानी २१.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३९.५१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०४१.१२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.७७ गुणा कायम भएको छ । 

अघिल्लो वर्षसम्म ०.९३ प्रतिशतमा रहेको कामनाको निस्क्रिय कर्जा अनुपात बढेर १.३९ प्रतिशत पुुगेको छ भने सेवाको पनि ०.४२ प्रतिशतबाट बढेर ०.८१ प्रतिशत कायम भएको छ । 

उता, सेवा विकास बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२९.०८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६९९.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.१८ गुणा कायम भएको छ ।