काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड आफ्नो १३ औँ वार्षिक साधारणसभाबाट मिति र स्थान तय गरेको छ ।
बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १७ गते काठमाण्डौको डिललीबजारस्थित अमृतभोगमा गर्ने निर्णय गरेको छ ।
सभामा विशेष अजेन्डा रुपमा राखिने कामना सेवा विकास बैंक लिमिटेड र इजाजतपत्र प्राप्त अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा प्राप्ति र गाभ्ने वा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, उपयुक्त देखिएमा सोसम्बनधी समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्व मूल्यांकनसम्बनधी कार्य गर्ने, सोका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु पारित हुनेछन्।
यसैगरी सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्ता पुँजी २ अर्ब ५४ करोड ९ लाख ९५ हजार ३५२ रुपैयाँको ६.८ प्रतिशतले हुन आउने १ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) पारित हुनेछ ।
लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बुक क्लोज गर्दै छ । साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन मंसिर २९ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19