काठमाण्डौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बैंकासुरेन्स सेवा आदानप्रदा गर्ने गरी सम्झौता भएको छ ।
यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६२ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेत र जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक एस. के. टमोटले हस्ताक्षर गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago