काठमाण्डौ । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रवीण बस्नेत नियुक्त भएका छन् ।
बैंककोे २६५औं सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउन्टेन्ट बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
१८ वर्षे लामो बैंकिंग अनुभव सँगालेका बस्नेतले १३ वर्षसम्म विभिन्न वाणिज्य बैंकमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए ।
गत भदौ १ गतेदेखि उनी कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए ।
मंसिर ८ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आएका बस्नेत यसअघि नविल बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध रहेका थिए ।
बस्नेतबैंकिङ क्षेत्रमा नियन्त्रणसहितको व्यापार तीव्र अभिवृद्धि र उत्कृष्ट ग्राहक सेवाको सन्तुलन गर्दै नयाँ उचाईमा पुर्याउनुपर्छ भन्ने मान्यता राख्छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago