काठमाण्डौ । कामना सेवा विकास बैंकले निक्षेप सदस्य सम्बन्धी कार्य गर्न बैंक अफ काठमाडौं क्यापिटल मार्केट लिमीटेडसँग सम्झौता गरेको छ । 

सम्झौताअनुसार अब ग्राहकहरुले देशभरि छरिएर रहेका यस बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन् । 

साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केट लिमीटेडको तर्फबाट प्रमुख कार्याकारी अधिकृत दिनेशप्रसाद खतिवडाले हस्ताक्षर गरेका थिए ।