काठमाण्डो । कामना सेवा विकास बैंकल आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यासब्याक  प्रदान गर्ने भएको छ ।

एफ वान सफ्टको सहकार्यमा सीमित अवधिका लागि यो योजना ल्याइएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र पाउने बताइएको छ । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।