काठमाण्डौ । दुवै कम्पनीको मर्जरसम्बन्धी प्रस्ताव पारित गर्ने मुख्य अजेन्डासहित कालिका र जनसेवी लघुवित्त वित्तीय संस्थाले एकैदिन कात्तिक २५ गते विशेष साधारणसभा बोलाएका छन् ।

कालिकाले स्याङ्जाको वालिङस्थित द जंगल रेस्टुरेन्ट र जनसेवीले पर्वतको कुस्मास्थित होटल बेन्जुमा विशेष साधारणसभा गर्ने भएका हुन् । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा मर्ज प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिन दुवै कम्पनीले विशेष साधारणसभा डाकेका हुन्। सभाले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्र तथा अन्य सम्झौता पारित गर्नेछ ।

मर्जरपछि जारी तथा चुक्ता पुँजी र सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

मर्जरपछि कम्पनीको नाम जनकालिका लघुवित्त कायम हुनेछ । मर्जरपछि केन्द्रीय कार्यालय पोखरामा रहनेछ ।