काठमाण्डौ। कालिका लघुवित्त वित्तिय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल खत्री नियुक्त भएका छन्।

संस्थाको सञ्चालक समितिको गत असार ३१ गतेको बोर्ड बैठकले खत्रीलाई कामु सीईओमा नियुक्त गरेको हो। सीईओबाट मीनबहादुर बोहरा बाहिरिएपछि संस्थामै कार्यरत नायब सीईओ खत्रीले कामु सीईओको जिम्मेवारी पाएका हुन्। 

२३ वर्षको वित्तीय अनुभव सँगालेका खत्री कालिका लघुवित्तबाहेक जनसेवी लघुवित्तमा सीईओ भई कार्य गरिसकेका व्यक्ति हुन्। जनसेवी र कालिका मर्जरपछि उनी संस्थामा नायब सीईओ थिए।