काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ६ करोड ९७ हजार रुपैयाँ नाफा आर्जन गरेको हो। जुन गत वर्षको यही अवधिको तुलनामा १३६४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४१ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ७२ लाख ८३ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा सञ्चालन घाटा ६३ लाख ५८ हजार रुपैयाँ रहेको थियो।
यो अवधिमा संस्थाले २० करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा ८९.१९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाको यस्तो आम्दानी ११ करोड ५ लाख रुपैयाँ रहेको थियो।
संस्थाले समीक्षा अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई २ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब २४ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाको रिजर्भको आकार पनि २१.०३ प्रतिशतले बढेर १७ करोड ७८ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा १४ करोड ६८ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी २५ करोड २३ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३१.७५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३.४९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७०.४५ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19