काठमाण्डौ । कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कालिका लघुवित्त वित्तीय संस्था लि.को १३ औं वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ।

संस्थाको संचालक समिति अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षद्वारा प्रस्तुत आ.व.०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरुसहित आ.व.०७८।०७९ को १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस शेयर पारित गर्दै १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

योसँगै अब संस्थाको हालको चुक्ता पूँजी बृद्धि भई ३७ करोड २३ लाख २१ हजार ७ सय ४० पुगेको छ ।

साधारणसभामा संस्थाको संचालक समितिमा रिक्त रहेको संस्थापक समूहको संचालकमा स्याङ्जा वालिङ्ग निवासी संस्थापक शेयर सदस्य नित्यानन्द तिवारी निर्विरोध निर्वाचित भएको संस्थाका सीइओ केशव प्रधानले जानकारी दिए ।