काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीमा राखिएको छ। 

संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। 

सेयर खरिदका लागि आवेदन दिन संस्थाले ३५ दिनको समय देखिएको छ। यो अवधिभित्र संस्थापक सेयरधनीहरुले कास्कीको पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ। 

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।