काठमाण्डौ । सिद्धार्थ बैंकले काठमाण्डौको कालीमाटीमा शाखा बिस्तार गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । 

बैशाख २३ गते सोमबार एक समारोहका बीच कालीमाटी शाखाको औपचारिक उद्घाटन भएको हो । 

सो शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रुपमा गरेका थिए ।

योसहित बैंकको शाखा संख्या १५३(४एक्सटेन्सन काउण्टरसहित) पुगेको छ । बैंकले १०० शाखारहित बैंकिङ इकाई, १६२ एटीएम १३०० भन्दा बढी पस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।