काठमाण्डौ । तपाईले बठ्याई गर्न सके काष्ठमण्डप डेभलपमेन्ट बैंकको सेयर सस्तोमै खरीद गर्न सक्नुुहुन्छ । कारण, यो बैंकले १ लाख बढी बिक्री नभएको हकप्रद सेयर सर्वसाधारणका लागि लिलामीमा राखेको छ । पछिल्लो समय प्रतिकित्ता ५ सय रुपैयाँमा कारोबार भएको यो बैंकको सेयरमा उचित मूल्य बिड गर्न सके सस्तैमा सेयर पाउने सकिन्छ ।  

काष्ठमण्डप डेभलपमेन्ट बैंकले मंगलबार(चैत २२)देखि कुल १ लाख ७ हजार ६ सय १ कित्ता बिक्री नभएको हकप्रद लिलामीमा राखेको हो । 

यो बैंकले आफ्ना सेयरधनीका लागि २०७३ पुस २४ गते ४ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो, तर निश्कासित सबै हकप्रद बिक्री भएन । 

लिलामीमा आगामी चैत २८ गतेभित्र सहभागी बन्न सकिनेछ । लिलामीको अन्तिम नतिजा चैत ३० गते दिउँसो ३ बजेसम्म सार्वजनिक गरिने बताइएको छ । 

लिलामीमा सहभागी हुन चाहनेले न्यूनतम प्रति कित्ता १ सय रुपैयाँ मूल्य राख्नैपर्ने हुन्छ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनैपर्नेछ । 

लिलामीमा एनसिएम मर्चेन्ट बैकिंग लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । बैंकले एनसिएम मर्चेन्ट बैकिंग लिमीटेडको कमलपोखरीस्थित कार्यालयमा गएर लिलामीमा बिड दर्ता गर्न सक्नेछन्। 

लिलामीमा सहभागी बन्न चाहने लगानीकर्ताले बिक्री प्रबन्धकको सनराइज बैंकमा कायम अकाउण्ट नम्बर ०६९००००१३२००१ बिड गर्नुपर्ने सेयरको कुल रकम जम्मा गर्नसक्नेछन् । 

कुमारी बैंकले १०० बराबर ८५ को सेयर स्वाप रेसियोको आधारमा काष्ठमण्डपलाई प्राप्तिको प्रक्रियामा रहेको छ । एक्वीजिसनको प्रक्रियामा जानुुअघि यो बैंकको सेयर मूल्य प्रति कित्ता ५ सय रुपैयाँ थियो ।