काठमाण्डौ। एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकको नयाँ व्यापारिक योजनासँगै सेयरमूल्यमा उछाल आएको छ।
कम्पनीको नयाँ योजनासँगै सेयरको मूल्य ८ प्रतिशत बढोत्तरी आउँदा १६७ अमेरिकी डलर पुगेको थियो। हाल यसको मूल्य १७० डलरमा पुगेको छ।
कम्पनीले प्रकाशित गरेको पहिलो त्रैमासमा १९.५ बिलियन डलर अम्दानी बढाएर वित्तीय विवरण सार्वजनिक गरेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो। कम्पनीको पहिलो त्रैमासको आम्दानी १२३.९ बिलियन डलर रहेको छ।
गत जनवरी २७ मा सीईयो टीम कुकले नयाँ व्यापारिक योजना अगाडि सारेका थियो। नयाँ योजनाअन्तर्गत एक मेटाभर्स एप्लिकेसन तयार पारिएको कम्पनीले जनाएको छ। यसअन्तर्गत एप्पलको एप स्टोरमा १४ हजार एआर एप्स् हुनेछन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19