काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युचुुअल फण्ड लक्ष्मी भ्यालू फण्ड १ को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालूू)मा झिनो गिरावट आएको छ । 

मंसिर मसान्तसम्मको अवधिमा नेट एसेट भ्यालू १२ रुपैयाँ २६ पैसा रहेकोमा पुस मसान्तसम्म आइपुुग्दा घटेर १२ रुपैयाँ ४ पैसामा आइपुुगेको हो । 

यो स्कीमको खूद नाफामा समेत गिरावट आएको छ । मंसिरमा खूद नाफा ६ करोड २२ लाख रहेकोमा पुसमा घटेर ५ करोड १० लाखमा झरेको छ । 

५० करोडको फण्डबाट सुरु भएको यो स्किमले हालसम्म ३२ करोड ७९ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा र १ करोड १६ लाख रुपैयाँ सार्वजनिक निश्कानहरुमा लगानी गरेको छ । यो स्किमले ४१ सूचिकृत कम्पनीको ३ लाख २३ हजार १ सय ३८ कित्तामा लगानी गरेको छ । 

कुल लगानीमध्ये सबैभन्दा बढी चिलिमे हाइड्रो पावर कम्पनीको ३३ हजार ७ सय ६३ कित्तामा लक्ष्मी भ्यालु फण्डको लगानी गरेको छ ।