काठमाण्डौ । देशमा संचालित अधिकांश म्युुचुुअल फण्डहरु घाटामा गएका छन् । बजारमा खासै वृद्धि हुन नसकेको प्रभाव म्युचुुअल फण्डहरुको बित्तीय विवरणमा समेत देखिएको हो । अधिकांश फण्डहरुले बैशाख मसान्तसम्मको विवरण सार्वजनिक गरेका छन्, जसमा अधिकांश प्रति इकाई खुद सम्पत्ति मूल्यमा गिरावट आएको छ । 

अस्थिर बजारको प्रभाव म्युचुुअल फण्डहरुको बित्तीय विवरणमा समेत देखिएको छ । अधिकांश फण्डहरुले बैशाख मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्यमा गिरावट व्यहोरेका छन् ।

एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको ७ वर्षे बन्दमुखी एनआइबिएल प्रगति फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्यमा गिरावट आएको छ । चैत मसान्तसम्म यो स्किमको मूल्य १० रुपैयाँ ८४ पैसा रहेकोमा बैशाख मसान्तसम्म घटेर १० रुपैयाँ ३७ पैसामा झरेको हो । 

कुल ७५ करोड रुपैयाँबाट सुरु भएको स्किमले बैशाख मसान्तसम्म ४३ सूचिकृत कम्पनीका सेयरमा ३९ करोड ७४ लाख, १ करोड १५ लाख रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ । 

यो फण्डको चैत मसान्तसम्म ४ करोड ७२ लाख रुपैयाँ खूद नाफा घटेर बैशाख मसान्तसम्म २ करोड ७७ लाखमा झरेको छ । 

यो फण्डले गरेको कुल लगानीमध्ये सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको ३० हजार १ सय ४० कित्ता खरीद गरेको छ । तर, यो स्किमले सबैभन्दा धेरै १ करोड ९९ लाख लगानी नबील बैंकको प्रोमोटर सेयरमा गरेको छ । यो स्किमले १६ हजार ६ सय ३० कित्ता सो बैंकको संस्थापक सेयर खरीद गरेको छ ।

यसैगरी, एनआइबिएल क्यापिटल लिमीटेडकै प्रवद्र्धनमा संचालित एनआइबिएल समृद्धि फण्ड-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य(एनएभी)मा पनि गिरावट आएको छ । सातवर्षे बन्दमुखी यो फण्डको चैत मसान्तसम्मको एनएभी १५ रुपैयाँ ९८ पैसा रहेकोमा बैशाख मसान्तसम्म घटेर १५ रुपैयाँ ४६ पैसामा झरेको हो ।

कुल १ अर्बबाट सुरु भएको यो स्किमले बैशाख मसान्तसम्म ८४ सूचिकृत कम्पनीको सेयरमा १ अर्ब १२ करोड रुपैयाँ लगानी गरेको छ । ३ करोड ३० लाख रुपैयाँ विभिन्न ऋणपत्रमा, ६ करोड ५६ लाख सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ । 

बैशाख मसान्तसम्म यो फण्ड १ करोड २२ लाख खूद घाटामा छ । 

यो फण्डको कुल लगानीमध्ये सबैभन्दा बढी १५ लाख ६४ हजार इकाईमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ मा लगानी गरेको छ । तर, यो फण्डको सबैभन्दा बढी रकम लगानी एभरेष्ट बैंकको सेयरमा छ, जहाँ यो फण्डले ५ करोड ४३ लाख लगानी गरेको छ । 

यसैगरी, सिद्धार्थ क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमको प्रति इकाई खूद सम्पत्ति मूल्य समेत घटेको छ । 

चैत मसान्तसम्म एनएभी १६ रुपैयाँ २ पैसा रहेकोमा बैशाख मसान्तसम्म १५ रुपैयाँ ४१ पैसामा झरेको हो । एकअर्बबाट सुरु भएको यो फण्डले बैशाख मसान्तसम्म ९४ करोड ५१ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा, २९ करोड २२ लाख रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेकोछ । चैत मसान्तसम्म ८ करोड १२ लाख खूद घाटा व्यहोरेको यो स्किमले बैशाख मसान्तसम्म १४ करोड २२ लाख घाटा व्यहोरेको छ । 

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी एनएमबी सुलभ फण्ड १ को कुल २९ लाख ७० हजार इकाई खरीद गरेको छ । 

यस्तै, सिद्धार्थ क्यापिटलकै अर्को ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमको एनएभी समेत घटेको छ । चैत मसान्तसम्म २८ रुपैयाँ ५४ पैसा रहेको एनएभी बैशाख मसान्तसम्म घटेर २७ रुपैयाँ २८ पैसामा झरेको हो । 

कुल ५० करोडबाट सुरु भएको यो स्किमले बैशाख मसान्तसम्म ८९ करोड १२ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा, २ करोड ३४ लाख सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ । यो स्किमले कुल ८८ सूचिकृत कम्पनीको १० लाख ७८ हजार २ सय ७८ कित्तामा लगानी गरेको छ । 

यो स्किमले १ करोड ५३ लाख बैशाखसम्म खूद घाटा व्यहोरेको छ । कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको कुल ४६ हजार २ सय ८७ कित्तामा लगानी गरेको छ । 

उता, एनएमबी क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ७ वर्षे बन्दमुखी फण्ड एनएमबी हाइब्रिड फण्ड एल-१ को एनएभी समेत घटेको छ । चैत मसान्तसम्म १० रुपैयाँ ५७ पैसा रहेको एनएभी बैशाख मसान्तसम्म घटेर १० रुपैयाँ ४६ पैसामा सीमित भएको हो । 

कुल १ अर्बबाट सुरु भएको यो फण्डले बैशाख मसान्तसम्म २० करोड ९५ लाख रुपैयाँ सूचिकृत सेयरमा, ६५ लाख रुपैयाँ सार्वजनिक निश्कासनमा लगानी गरेको छ भने ५४ करोड रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेको छ । यो कम्पनीको खूद नाफा चाहि केही बढेको छ । चैत मसान्तसम्म ३ करोड ४३ लाख खूद नाफा रहेकोमा त्यो बढेर बैशाख मसान्तसम्म ४ करोड २३ लाख पुुगेको हो । 

यो कम्पनीले कुल ३० कम्पनीको सेयरमा लगानी गरेको छ र सबैभन्दा बढी नेपाल टेलिकमको ४४ हजार ८ सय ५ कित्ता खरीद गरेको छ । 

यसैगरी, ग्लोबल आइएमई क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी फण्ड ग्लोबल आइएमई समुन्नति स्कीम-१ को एनएभीमा चाहि सामान्य वृद्धि भएको छ । 

यो फण्डको एनएभी चैत मसान्तसम्म १० रुपैयाँ ३१ पैसा रहेकोमा बैशाख मसान्तसम्म बढेर १० रुपैयाँ ३९ पैसाको उचाईमा पुुगेको हो । 

कुल १ अर्बबाट सुरु भएको यो फण्डले ८१ सूचिकृत कम्पनीको सेयरमा मात्रै ५८ करोड २८ लाख लगानी गरेको छ । यस्तै, १५ करोड ३४ लाख रुपैया सूचिकृत नभएका कम्पनीमा लगानी छ । चैत मसान्तसम्म १ करोड ५२ लाख खूद घाटा व्यहोरेको यो फण्डले त्यसलाई घटाएर बैशाख मसान्तसम्म ८० लाख २८ हजार घाटा व्यहोरेको छ । 

यो फण्डले सबैभन्दा बढी नबील ब्यालेन्स फण्ड १ को १२ लाख ४८ हजार इकाई खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा बढी ४ करोड रुपैयाँ नबील बैंक लिमीटेडको संस्थापक सेयरमा लगानी गरेको छ ।