विश्वभरमा कोरोना भाइरसका बिरामीको सम्पर्कमा आउने कतिपय डाक्टर र मेडिकल स्टाफ संक्रमित भइसके र यीमध्ये केहीको मृत्युु पनि भइसक्यो । वास्तवमा कोरोना बिरामीको उपचारमा खटिएका डाक्टर र अन्य मेडिकल स्टाफलाई व्यक्तिगत सुुरक्षा उपकरण(पीपीई)को जरुरत पर्दछ, तर कतिपय देशमा पीपीईको खडेरी छ । 

यसैबीच अमेरिकाकी नर्सको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा उनी अस्पतालमा पर्याप्त मास्क नभएको बताइरहेकी छिन् ।

३० वर्षीय इमरिस वेरा अमेरिकाको इलिनायसको एक अस्पतालको आइसीयुुमा काम गर्थिन् तर अस्पतालमा पर्याप्त मात्रामा मास्क र अन्य उपकरण नभएको कारण उनले अप्रिलमै आखिरीमा जागिर छाडिन् ।

३० अप्रिलमा नर्स जब अस्पताल पुुगिन् तब त्यहाँ पर्याप्त मास्क थिएन । पीपीई प्रयोग गर्ने कोशिस गर्दा मेनेजरले रोकेकी उनले दाबी गरिन् । यो कथित नियमको विरुद्ध भएको कारणले गर्दा भएको थियो । इमरिस आफ्नी बहिनीसँग बस्दै आएकी छिन् जो एक जटिल रगतसम्बन्धी रोगसँग जुुधिरहेकी छिन् । यदि उनलाई कोरोनाले संक्रमण भयो भने जिन्दगी खतरापूूर्ण हुुने इमरिसले जिकिर गरेकी छिन् ।

इमरिसले भनिन्-'म जान्दछुु कि मेरो जरुरत छ । म मद्धत गर्न चाहन्छुु तर मलाई लाग्छ कि यो मेरो जिन्दगी वा मेरो परिवारको जिन्दगीको मूूल्यमा भइरहेको छ । यो स्वीकार्य छैन ।'

डेलीमेल टीभीको रिपोर्टअनुुसार,इमरिस भन्छिन्-'यदि जैविक युुद्ध भइरहेको हो भने तपाईँ आफ्नो सैनिकहरु ग्यास मास्क बिना पठाउनुुहोस् । वा बन्दूूकको साथ लडाईँ भइरहेको हो भने हामी चक्कूूका साथ पनि पठाउँदैनौं । यस्तै किसिमले मेडिकल स्टाफलाई पनि सुुरक्षाको सुुनिश्चितता चाहिन्छ ।'

इमरिस अब अमेरिकामा काम गरिरहेका लाखौं नर्सको आवाज बन्न चाहन्छिन् ।