काठमाण्डौ । शेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? शेयर बजारमा प्रवेश गरेर आफूसँग भएको रकमलाई सदुपयोग गर्न खोज्नु हुँदैछ भने तपाईले शेयर खरीद गर्दा विशेष गरी कम्पनीको आम्दानी खर्च, नाफा नोक्सान, ऋण धन, नेटवर्थ, लाभांश, नगद प्रवाह लगायतको बिषयमा ध्यान दिनुपर्ने हुन्छ । यी सबै कुरा बुझ्नु हुन्न भने सामान्यतया मुख्य रुपमा तपाईले सम्बन्धित कम्पनीको मूल्य आम्दानी अनुपात(P/E Ratio) हेर्न आवश्यक हुन्छ । 

कम्पनीको तत्कालको बजार मूल्यलाई पछिल्लो प्रति शेयर आम्दानीले भाग गर्दा आउने अनुपातलाई मूल्य–आम्दानी अर्थात पीई अनुपात भनिन्छ । यो अनुपात जति कम भयो, त्यति नै कम्पनीको शेयर लगानीका लागि आकर्षक बन्दै जान्छ । मूल्य आम्दानी अनुपात बढ्दै गएमा शेयरको मूल्य कुनै पनि बेला झर्नसक्ने जोखिम बढ्छ । पीई रेसियो कम भएका तथा प्रति सेयर आम्दानीतर्फ निरन्तर प्रगति गर्दै गएका बैंक तथा बित्तीय संस्था लगानीका लागि उपयुक्त हुन्छन् ।कम्पनीको छनौट गर्दा यो अनुपातलाई मात्र हेरेर लगानीको निर्णय लिनु पनि हितकारी हुन्न । कम्पनीका अन्य पक्षजस्तो सुशासन, प्रतिसेयर नेटवर्थ, सेयरमा प्रतिफल, प्रतिसेयर आम्दानी लगायतका बिषयतर्फ पनि ध्यान दिनुपर्छ । 

पीई अनुपात कसरी निकाल्ने ?
मूल्य आम्दानी अनुपात(पीई रेसियो) निकाल्ने सजिलो सूत्र यसप्रकार छ :
 

                              प्रति शेयर बजार मूल्य
    पीई अनुपात  : 
 ——————————

                               प्रति शेयर आम्दानी

उदाहरणका लागि नवील बैंकको प्रति कित्ता पछिल्लो बजार मूल्य १७२८ रुपैयाँ छ । यो बैंकको आर्थिक वर्ष २०७३/७४ (चौथो त्रैमास)को प्रति शेयर आम्दानी ५८.५४ रुपैयाँ छ । अब नवील बैंकको मूल्य–आम्दानी अनुपात अर्थात पीई रेसियो निकाल्नुपर्दा माथिको सूत्र प्रयोग गरी यस्तो परिणाम निस्कन्छ :
 

                                             १७२८

               पीई रेसियो     = ------------------------  = २९.५१ गुणा-P/E Ratio

                                           ५८.५४ 

पीई रेसियोले लगाानीकर्तालाई कुन शेयरमा लगानी गर्ने भन्ने कुराको संकेत गर्छ । पीई रेसियो विश्वमै धेरै प्रयोग हुने बित्तीय विश्लेषण मापन गर्ने एक सजिलो र वैज्ञानिक विधि पनि हो । 

यही सूत्रको आधारमा हालसम्म आर्थिक वर्ष ०७३/७४ को वार्षिक बित्तीय विवरण सार्वजनिक गरेका १२ वाणिज्य बैंकहरुको मूल्य-आम्दानी अनुपात लगानीकर्ताको हितलाई ध्यानमा राखेर निकालिएको छ । लगानीकर्ताहरुलाई यो रिपोर्टबाट कुन बैंकमा लगानी गर्दा उत्तम होला भन्ने कुरा बुुझ्न केही भए पनि सहज हुने हाम्रो विश्वास छ । पीई रेसियो प्रत्येक कारोबारमा फरक पर्ने हुँदा खरीद गर्नुअघि लगानीकर्ताले आफैंले वास्तविक पीई निकालेर मात्र निर्णय लिनुपर्नेहुन्छ । १२ वाणिज्य बैंकको पीई रेसियो हेरौं :

*सच्याइएको : माथिको तालिकामा एनएमबी बैंकले प्रकाशन गरेको गलत इपीएसको आधारमा पीई रेसियो निकालिएको छ । तर, यो बैंकको वास्तविक इपीएस २३.३८ रुपैयाँ रहेकोले पीई रेसियो २३.६० गुणा हुन आउँछ । 
-सम्पादक