काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २६ वाणिज्य बैंकमध्ये २५ वटा वाणिज्य बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेको अधिकांश बैंकहरुले लाभांश घोषणा गरी साधारणसभाबाट पारितसमेत गरिसकेका छन्। कतिपय बैंकले साधारणसभा आह्वान गरेका छन्। तर, कृषि विकास बैंकको लाभांश घोषणामा भने निकै ढिलाइ भएको छ। जसले गर्दा चालु आर्थिक वर्षको पुस मसान्तसम्म साधारणसभा गरिसक्नु व्यवस्थाअनुुसार बैंकको साधारणसभा नहुने भएको छ।
गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुका लागि लाभांश घोषणा गर्न राष्ट्र बैंकबाट गत वर्षको वित्तीय विवरण स्वीकृत गराउनुपर्ने व्यवस्था रहेको छ। सोहीअनुसार राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरण पठाइएको कृषि विकास बैंकका एक अधिकारी बताउँछन्। ‘हामीले वित्तीय विवरण पठाइसकेका छौँ, सम्बन्धित विभागबाट अध्ययन अनुसन्धान भइरहेको छ’, ती अधिकारीले भने ‘तर, अब पुसमा भने साधारण सभा नहुने देखिन्छ।’
उता राष्ट्र बैंकले ग्राहकबाट नियमविपरीत असुलेको पाएपछि उक्त रकम फिर्ता गर्ने प्रतिबद्धता गराएरमात्र बैंकलाई गत आर्थिक वर्षको साधारण सभाको अनुमति दिएको हो। राष्ट्र बैंकले २५ वटा वाणिज्य बैंकलाई नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ यही पुसभित्रै फिर्ता गर्न निर्देशन दिएको छ।
कृषि विकास बैंकले भने प्रिमियम बढाएर नियमविपरीत असुल गरेको ब्याज उल्लिखित तथ्यांकमा समावेश नगरेको बताइएको छ। तर, राष्ट्र बैंकले कृषि विकासलाई साधारणसभाका लागि अनुमति ग्राहकबाट बढी असुलेको ब्याज फिर्ता गर्न लगाउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19