काठमाण्डौ । कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको फागुन १८ गते (बिहीबार) बसेको बैठकले आउँदो चैत १४ गते वार्षिक साधारणसभा डाकेको हो। सभा भक्तापुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश रहेका छन्।
बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सर्वसाधारण समूहका तर्फबाट तीनजना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago