काठमाण्डौ । नेपाल बीमक संघले कृषिसम्बन्धी बीमालेख जारी गर्ने कार्य पुनः सुचारु गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केही आंंशिक रकम उपलब्ध गराई गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिबद्घता जनाएको थियो। मन्त्रीको प्रतिबद्धतासँगै कृषिसम्बन्धी जारी गर्ने कार्य पुनः सुचारु गरिएको संघले जनाएको छ।
सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमा शुल्कमा क्रमशः अनुदान दिँदै आएको थियो। तर, २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब रु. ३ अर्ब बाँकी रहेको संघले जनाएको छ। बीमकहरुले अनुदान रकम पाउन बारम्बार पहल गर्दासमेत विभिन्न बहानामा अनुदान रोकिएको हुँदा संघको निर्णयमा गत जेठ ७ गतेबाट कृषिसम्बन्धी बीमालेख जारी गर्ने कार्य बन्द गरिएको थियो।
यही असार मसान्तसम्मका लागि बीमालेख जारी गर्ने कार्य सुचारु गरिएको संघले जनाएको छ। उक्त समयभित्र अनुदान रकम प्राप्त नभएमा पुनः बीमालेख बन्द गरिने पनि संघले स्पष्ट पारेको छ।
सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमाबापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरिदिनसमेत संघले आग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19