काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाण्डौको सिनामंगलस्थित काठमाण्डौ मेडिकल मेडिकल कलेज(केएमसी)मा आफ्नो ११ औं एक्सटेन्सन काउण्टर र १११ औं एटिएम एकसाथ खोलेको छ ।
काउण्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाण्डौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.दामोदरप्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे ।
आजैदेखि केएमसी टिचिङ हस्पिटलमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औसत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।
काउण्टरले रकम जम्मागर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । मासिक लगभग ३० हजार बिरामीको उपचार हुने केएमसीमा मेडिकल साइन्सका विभिन्न संकायमा हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् भने हजारकै हाराहरीमा डाक्टर तथा कर्मचारीहरु कार्यरत छन् ।
विगत लामो समयदेखि आफ्नो सेवा प्रदान गरिरहेको केएमसीसँगको नाता मजबुत बनाउने र आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले सेवा विस्तार गरेको हो ।
बैंकले अहिले ७८ वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउण्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउण्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,७८३ वटा पीओएस(पस) मेसिनबाट सेवा दिइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago