काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बेलायतबाट बैंक नोट परीक्षण गर्ने मेसिन ल्याउने तयारी गरेको छ।
केन्द्रीय बैंकले ११ लाख ५७ हजार २९९ डलरबराबरको बैंक नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको हो । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट मेसिन ल्याउनेछ।
सबैभन्दा कम मूल्यमा बेलायतको यो कम्पनीले बोलकबोल गरेको थियो । उक्ते मेसिनले नक्कली, सक्कली र झुत्रा नोट छुट्याउने केन्द्रीय बैंक स्रोत बताउँछ।
यो कम्पनीले बोलकबोल गरेको रकम आजको विनिमय दरअनुसार नेपाली रुपैयाँ १३ करोड ७७ लाख ७ हजार रुपैयाँ हुन आउँछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19