काठमाण्डौ । आईआईटी दिल्लीको संरक्षणमा सुरु भएको एउटा स्टार्ट–अप सान्फेले केराको फायबरबाट अनौठो खालाको स्यानेटरी नेप्किन बनाउन सफल भएको छ ।
यो नेप्किन कम्तीमा १२० पटक प्रयोग गर्न सकिन्छ । पुनःप्रयोग गर्न सकिने यो नेप्किन २ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
सान्फेले आईआईटी दिल्लीका प्रोफेसरहरुका साथ मिलेर यो नेप्किन विकसित गरेका हुन् । जुन हालै लन्च पनि गरिसकिएको छ ।
यो नेप्किनको दुईवटा प्याकेटको मूल्य हाल ३१८ रुपैयाँ रुपैयाँ राखिएको छ । टोलीले यसका लागि पेटेन्ट पनि फाइल गरेको छ ।
यो स्टार्ट–अपका ह्यारी सहरावत र अर्चित अग्रवालले मिलेर त्यतिखेर सुरु गरेका थिए जतिखेर उनीहरुले आईआईटी दिल्लीमा इन्जिनियरिङ गरिरहेका थिए । अर्चित भन्छन्, ‘धेरैजसो स्यानेटरी नेप्किन सेन्थेटिक वा प्लास्टिकले बनाइएको हुन्छ । ती वस्तु नष्ट हुन कम्तीमा पनि ५०–६० वर्ष लाग्छ । धेरै मात्रामा यस्ता वेस्ट ल्यान्डफिटमा डम्प गरिन्छ । केही खुला स्थानमा फालिन्छन् वा पानीमा बगाइन्छ । यसले पर्यावरणमा नोक्सानी पुर्याउँछ । तर केराबाट बनाइएको यो नेप्किनबाट त्यस्तो कुनै समस्या हुँदैन ।’
यसअघि पनि आईआईटी दिल्लीका छात्राहरुले ‘स्ट्यान्ड बलम पी’ नामक डिभाइस तयार गरेका थिए । सान्फे अर्थात स्यानिटेसन फर फिमेल नामको यो एक यस्तो डिभाइस हो, जसको माध्यमबाट महिलालाई दुर्गन्धित सार्वजनिक शौचालयमा उभिएरै शौच गर्न सक्छन् । एकपटकमा प्रयोग गर्न मिल्ने यो डिभाइसको मूल्य केबल १६ रुपैयाँ छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago