काठमाण्डौ । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका लागि आज(अप्रील १)बाट सुरु भएको नयाँ आर्थिक वर्ष २०१९ २० को पहिलो दिन नै शानदार बन्यो ।
सोमबार उनको कम्पनी रिलायन्स इण्डष्ट्रीको सेयर मूल्यमा उछाल आई १४०६.५० रुपैयाँ पुगेको छ । यो कम्पनीको सोमबार कायम मूल्य हालसम्मकै सर्वाधिक हो ।
तर, बजार बन्द हुँदा पनि यो कम्पनीको सेयरमा केही सुस्तता आई १३९१.५५ को विन्दूमा सीमित भयो ।
यसअघि यो कम्पनीले २०१९ मार्च २० तारिखका दिन १३८८ भारुको सर्वाधिक उचाई चुमेको थियो । त्यसलाई समेत ब्रेक गरी सोमबार नयाँ उचाईको रेकर्ड बनाएको हो ।
सेयर मूल्यमा आएको तीव्रतासँगै अम्बानीको सो कम्पनीको बजार पूँजीकरण बढेर ८.८२ लाख करोड भारुको उचाईमा पुगेको छ । यो भनेको शुक्रबार(अघिल्लो दिनको कारोबार दिन)को तुलनामा १८ हजार करोड भारु(करिब २९ हजार करोड रुपैयाँ) बढी हो ।
यसअघि सन् २०१८ को अगस्ट २३ मा रिलायन्स इण्डष्ट्री यस्तो पहिलो सूचिकृत कम्पनी बनेको थियो, जसको मार्केट भ्यालू बढेर बिएसईमा ८ लाख करोड भारु भन्दा बढी भएको थियो ।
यो कम्पनीको सेयरमा पछिल्लो अढाई महिनामा २४ प्रतिशतको उछाल आएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
कम्पनीले दिनप्रतिदिन गर्दै गएको एकपछि अर्को प्रगतिका कारण यस्तो रेकर्ड बनेको बताइएको छ ।
ब्लुमबर्गका अनुसार मुकेश अम्बानी भारतका सर्वाधिक धनी व्यक्ति हुन् । जसको कुल सम्पत्ति ५४.२ अर्ब डलर रहेको छ ।
विश्वका धनाढ्यहरुको सूचिमा उनी ११ औं नम्बरमा छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago