काठमाण्डौ । देशलाई पुुनः पहिलेको जस्तै खुला गर्न अमेरिकाले ठूलो संख्यामा आफ्ना जनताको जीवनसँग सम्झौता गर्नुुपर्छ भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा छ। ट्रम्प यो मूल्य चुुकाएर जोखिम मोल्न तयार रहेको देखिएका छन्।
अमेरिकाले आफ्नो अर्थतन्त्रलाई गति प्रदान गर्न विभिन्न कदमहरु चालिरहेको र करिब ३ करोड जनतालाई बेरोजगारीको दलदलबाट बचाउन लागिपरेको छ। यही बेला अमेरिका सरकारले सोमबार देशमा भविष्यमा कोरोनाबाट संक्रमित र मृत्युु हुुनेको संख्या तीव्र रुपमा बढ्ने प्रक्षेपण गरेको छ। यसले ट्रम्प प्रशासनको अमेरिकालाई पुुनः लयमा फर्काउने योजनामाथि कालो बादल मडारिदिएको छ।
घरमै बस्न दिइएको निर्देशनहरुले न्युुयोर्क र क्यालिर्फोनियाजस्ता हटस्पट क्षेत्रहरुमा कोरोनाको संक्रमणको दरलाई कम गरेको छ। तर अमेरिकाले देशभर व्यापक फैलिरहेको संक्रमणको दरलाई रोक्न सकिरहेको छैन।
अमेरिकामा अहिले दैनिक करिब ३० हजार नयाँ संक्रमणका केसहरु अगाडि आइरहेका छन्। तर अमेरिकी प्रशासनका दुुईजना अधिकारीका अनुुसार सोमबार प्रक्षेपण गरिएको आँकडाले अमेरिकालाई पुुनः खोल्ने ह्वाइट हाउसको योजनालाई कुुनै पनि प्रभाव पार्ने छैन।
न्युुयोर्क पोस्टमा प्रकाशित अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकी जनताहरु आइसोलेसनबाट बाहिर आउन चाहेको र उनीहरु फेरि सामान्य जीवन निर्वाह गर्न आतुुर रहेको बताएका थिए। “मलाई लाग्छ कि अमेरिकीहरु अहिले राम्रो अनुुभव गरिरहेका छन्। देश अब खुुल्दैछ। हामी महामारीको यो समयमा लाखौँ जीवन बचाउन सफल भएका छाँै’, उनले भनेका छन्, ‘तपाइँले सावधानी अपनाउनुुपर्छ तर यसका साथै तपाइँले काममा पनि फर्कनुुपर्ने हुुन्छ। जनताहरु अमेरिका पुुनः पहिले जस्तै खुुलोस भन्ने चाहन्छन्। मेरा्े अनुुमानअनुुसार अहिले ३८ वटा राज्यहरु खुुल्नै क्रममा या त यसको निकै नजिक छन्।”
यता वासिङ्टन पोस्ट र युुनिभर्सिटी अफ मेरील्यान्ड नेसनल पोलले गरेको सर्वेक्षणअनुुसार अमेरिकी जनताहरु व्यापार–व्यवसाय पुुनः सञ्चालन गर्ने कदमको विरुद्धमा रहेका छन्। सर्वेक्षणमा ५६ प्रतिशत जनताले आफूहरु घरायसी सरसामान खरिद गर्न ग्रोसरी स्टोरसम्म जान सक्ने बताएका छन्।
त्यस्तै ६७ प्रतिशतले आफूहरुलाई खुुद्रा पसल जान असहज हुुने बताएका छन् भने ७८ प्रतिशतले रेस्टुुराँमा बसेर खानपिन गर्न नसक्ने बताएका छन्।
अमेरिकामा कोरोनाको संक्रमण बढ्ने भनेर गरिएको प्रक्षेपण र वर्तमान अवस्थामा पनि अवस्था कठिन बनिरहेकाले यसले अमेरिकालाई पुुनः पहिले जस्तै सञ्चालन गर्ने ट्रम्पको आशा र विश्वासलाई चुुनौती दिएको छ। ह्वाइट हाउसले पहिले प्रयोग गरेको नयाँ मोडलअनुुसार युुनिभर्सिटी अफ वासिङ्टनले अगस्ट महिनासम्म अमेरिकामा कोरोनाबाट १ लाख ३४ हजारको मृत्युु हुुने प्रक्षेपण गरेको छ। यो संख्या युुनिभर्सिटीले गत महिना प्रक्ष्यपण गरेको संख्याभन्दा दुुईगुुणा धेरै हो।
न्युुयोर्क टाइम्सलाई प्राप्त जानकारीका अनुुसार अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले ह्वाइट हाउसलाई अमेरिकाबाट महामारीको सबैभन्दा खराब समय गइसकेको र उसले फेरि गति लिन थालेको जनाएको थियो।
सेन्टरले जुुन १ सम्म अमेरिकामा कोरोनाबाट मृत्युु हुुनेको संख्या दैनिक ३ हजार पुुग्ने जनाएको छ। जुुन संख्या अहिलेको भन्दा दुुईगुुणा बढी हो।
यी आँकडाहरुले अमेरिकाका अधिकांश राज्यहरुमा महामारीको अवस्था झनै बिग्रिरहेको र त्यहाँ रहेका बार, रेस्टुुराँ र व्यापारव्यवसाय पुुनः सञ्चालन गर्नेबारे कुुनै पनि ठोस वैज्ञानिक कारण नभेटिएको जनाएका छन्। यसका साथै यसमा गर्भनरहरु कसरी परीक्षण र ट्रयाकिङको गतिलाई राष्ट्रव्यापी रुपमा बढाउन सकिरहेका छैनन्। धेरैजसो राज्यहरु कसरी अन्ध भएर पुुनः खोल्ने निर्णय गरिरहेका छन्।
यसरी अमेरिका अहिले जनताको जीवन र सम्पन्ताको छनोटको कठिन मोडमा अल्झिएको छ।
कोरोनाबाट मृत्युु भएका करिब ७० हजार जनतामात्रै महामारीको सिकार भएका छैनन्। यसबाट करिब ३ करोड अमेरिकी जनता कामविहीन बनेका छन्। उनीहरुले आफ्नो रोजीरोटी गुुमेकाले आफ्नो दुुर्दशा पनि भयावह बन्न सक्ने चिन्ता प्रकट गरेका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago