►विष्णु ढकाल
विश्वभरी नै विपन्न तथा पिछडिएको समुदायको आर्थिक विकासको लागि लघुवित्त एक प्रभाबकारी औजारकोे रुपमा परिचालित हुँदै आएको छ । नेपालको सन्दर्भमा पनि केही दशकयता लघुवित्त कार्यक्रममा ब्यापक विकास तथा विस्तार भएको छ । संस्थागत वित्तिय सेवाको पहुँच बाहिर रहेका बहुसंख्यक गरिब तथा सिमान्त समुदायलाई साना उद्यम संचालन गर्न वा जिविकोपार्जन गर्न आवश्यक मात्रामा वित्तीय सेवाहरु अझै पनि उपलव्ध हुन सकेको छैन । यस्ता समुदायलाई दिगो वित्तिय सेवा उपलव्ध गराउन लघुवित्त संस्थाहरुले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । जसको फलस्वरुप लघुवित्त संस्थाप्रति आम जनचासो बृद्धि भएको छ । अझ पछिल्लो समय पूँजी बजारमा लघुवित्त कम्पनीहरुले कायम गरेको बर्चस्व र यसप्रति देखिएको आकर्षणले लघुवित्तको चर्चालाई शिखरमा पुर्याएको छ । यस्तो अवस्थामा लघुवित्त संस्थासामू अहिलेसम्म हासिल गरेका सम्पूर्ण उपलब्धिहरुको रक्षा गर्ने तथा दिगो र प्रभावकारी लघुवित्त अभियानलाई अगाडि बढाउने ठूूलो चुनौती खडा भएको छ ।  
 
छोटो समयमै नेपालका लघुवित्त संस्थाहरुले गरिब तथा सिमान्तकृत जनताको आर्थिक एवं सामाजिक स्थितिमा सुधार ल्याउन गरेको प्रयास र हासिल गरेका उपलब्धिहरुलाई नै समाप्त पार्ने गरी लघुवित्त क्षेत्रमा ब्यापक विकृतिहरु देखा पर्न थालेका छन् । जसको फलस्वरुप लघुवित्त अभियानमा नै गम्भीर प्रश्नहरु उठ्न थालेका छन् । जसको निराकरण समयमै गर्न नसक्दा यो क्षेत्र नै धारासायी बन्नेतर्फ सम्पूर्ण सरोकारवालाहरु सचेत हुनुपर्ने समय आएको छ ।
यसले दिर्घकालमा यसक्षेत्रमा ब्यापक विकृतिहरु निम्त्याउने र यो सामाजिक अभियानलाई नै बदनाम गर्नेतर्फ सबै सचेत भई, स्थापित सिद्धान्त, मान्यताहरुलाई अवलम्बन गर्दै बास्तविक गरिब तथा विपन्न वर्गहरुसम्म सेवा विस्तार गर्न एकजुट भई अगाडि बढ्न अब ढिलाई गर्नु हुँदैन ।  
नेपालमा लघुवित्त कार्यक्रमलाई समाज रुपान्तरणको अभियानका रुपमा अगाडि लैजानुपर्नेमा सो सम्बन्धमा पर्याप्त अभ्यास हुन सकेको छैन । फलस्वरुप लघुवित्त संस्था स्थापना गर्नु नै नाफा कमाउनु हो भन्ने मानसिकता विकास हुँदै गएको छ । लघुवित्तका स्थापित सिद्धान्तहरुलाई अवलम्बन नगरी छिटो नाफा कमाउने उद्देश्यका साथ लघुवित्त संस्थाहरु आउनु स्वयम् लघुवित्त संस्थाहरुकै हितमा छैन । यसले दिर्घकालमा यसक्षेत्रमा ब्यापक विकृतिहरु निम्त्याउने र यो सामाजिक अभियानलाई नै बदनाम गर्नेतर्फ सबै सचेत भई, स्थापित सिद्धान्त, मान्यताहरुलाई अवलम्बन गर्दै बास्तविक गरिब तथा विपन्न वर्गहरुसम्म सेवा विस्तार गर्न एकजुट भई अगाडि बढ्न अब ढिलाई गर्नु हुँदैन ।  
 
लघुवित्त कार्यक्रमले लक्षित गरिब, विपन्न वर्गलाई पुर्याएको सेवा र त्यसले पारेका सयौं सकारात्मक पाटाहरुलाई ओझेलमा पार्दै अहिले केही मान्छेहरु आफ्नो निहित स्वार्थ पूर्तिका लागि लघुवित्त क्षेत्रलाई नै बदनाम गराउन लागिपरेका छन् । त्यस्ता मान्छेहरु लघुवित्त संस्थाहरुले लिने ब्याजदरलाई लक्षित गरी लघुवित्त संस्थाहरुलाई नव सामन्तको रुपमा चित्रण गर्न उद्यत छन् । यस्तो अवस्थामा सबै लघुवित्त संस्थाहरु यस्ता प्रवृतिहरुको सामना गर्न सचेत हुनुपर्ने अवस्था आएको छ । संसरभरका लघुवित्त संस्थाहरुको तुलनामा नेपालका लघुवित्त संस्थाहरुले कम ब्याज लिने र प्रभावकारी रुपमा छिटो छरितो सेवा उपलब्ध गराउने कुरा हामीले आम जनतालाई बुझाउन जरुरी छ । हो, निश्चय नै झट्ट हेर्दा लघुवित्त संस्थाहरुले लिने गरेको ब्याज परम्परागत वित्तीय संस्थाहरुले लिने गरेको ब्याजको तुलनामा बढी नै छ र यो वस्तविकता हो । यो ब्याजबाट प्राप्त हुने आम्दानी  लघुवित्त संस्थाहरुले लगानीकर्तालाई प्रतिफल दिनमा मात्रै उपयोग गर्नुहुँदैन । ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गर्न, बजार विस्तार गर्न तथा संस्थागत सुदृढीकरणका लागि समेत यो आम्दानीको उपयोग गर्नुपर्छ । तर, पछिल्लो समयमा यस्ता आरोप लगाउनेहरुलाई बल पुर्याउँदै लघुवित्त संस्थाहरुले रेकर्डमा प्रतिफल वितरण गर्ने, ग्राहक सदस्यहरुको क्षमता अभिविद्धि गर्न उदासीन  रहने, नयाँ बजार र सम्भावनाहरुको खोजी नगर्ने, प्रतिफलमा स्थानीय ग्राहक, सदस्य समुदायलाई सहभागी नगराउने लगायतका कार्यहरुले साँच्चै लघुवित्त संस्थाहरु नवसमान्तको रुपमा उदाउँदै गरेका हुन् कि भन्ने भ्रम आम जनतामा पर्न गएको छ । तसर्थ यस्तो गम्भीर आरोपको खण्डन गर्न लघुवित्त संस्थाहरुले आफ्नो कार्यशैलीमा ब्यापक परिवर्तन गर्नु पर्ने आवश्यकता खड्किएको छ । जसका लागि लघुवित्त संस्थाहरुले संस्थागत रुपमै ग्राहक सदस्यहरुको क्षमता अभिविद्धि गर्ने ब्यवहारिक कार्यक्रमहरु संचालन गर्ने, नयाँ अन्वेषणहरुको सुनिश्चितता गर्ने, ग्राहक सदस्यका उत्पादनहरुलाई बजारसम्म जोड्ने दरिलो संयन्त्रको विकास गर्ने तथा सबै सदस्यहरुलाई कुनै न कुनै रुपमा संस्थागत प्रतिफलमा सहभागी गराउने कार्य समयमै गर्न आवश्यक छ । यसका लागि नियामक निकायहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समय नेपाल राष्ट्रबैंकले लघुवित्त संस्थाहरुलाई गरेको ब्यवस्थाले केही हदसम्म यस कुरालाई सुनिश्चित गर्न खोजे पनि लघुवित्त संस्थाहरु आफै अग्रसर भई यो कार्यलाई तत्काल अगाडि बढाउनु लघुवित्त संस्थाको हितमा छ । अन्यथा एकदिन हामी ठूूलो दुर्घटनाको नजिक पुग्नेछौं ।    
केही मान्छेहरु आफ्नो निहित स्वार्थ पूर्तिका लागि लघुवित्त क्षेत्रलाई नै बदनाम गराउन लागिपरेका छन् । त्यस्ता मान्छेहरु लघुवित्त संस्थाहरुले लिने ब्याजदरलाई लक्षित गरी लघुवित्त संस्थाहरुलाई नव सामन्तको रुपमा चित्रण गर्न उद्यत छन् । यस्तो अवस्थामा सबै लघुवित्त संस्थाहरु यस्ता प्रवृतिहरुको सामना गर्न सचेत हुनुपर्ने अवस्था आएको छ ।
लघुवित्त वित्तीय संस्थाहरुले उल्लेखित चुनौतीहरुको अलावा आफैले उत्पादन गरेका थुप्रै चुनौतीहरुलाई चिर्दै अगाडि बढ्नुपर्ने तितो यथार्थ विद्यमान रहेको छ । बढ्दो अस्वस्थ प्रतिस्पर्धा, नयाँ ग्राहक सदस्य र नयाँ बजारको पहिचान नगरी सीमित बजार र ग्राहकमा दोहोरोपन गर्नु, सदस्य तथा स्थानीय आवश्यकतालाई मध्यनजर नगरी आफ्नो सजिलो/अनुकुल हुने गरी सेवा प्रदान गर्नु, दक्ष जनशक्ति उत्पादन गर्ने तथा तिनको वृत्ति विकास गर्नेतर्फ कुनै पहल नगर्नु, कर्मचारीहरुसंग सम्बन्धित समस्याहरु समाधान गर्न नसक्नु ,स्थानीय समुदायमाझ लघुवित्त वित्तीय संस्थाको छवि केवल ऋण दिने संस्थाको रुपमा विकास हुनु, सामाजिक सम्बन्धहरु शूून्यप्रायः रहनु, सूूचना प्रविधिको समुचित उपयोग गर्न नसक्नु, भौगोलिक विकटतालाई कारण देखाउँदै सुगम स्थानहरुमा मात्रै कार्यक्रम विस्तार गर्न खोज्नु, साख सूूचनाको भरपर्दो संयन्त्र विकास हुन नसक्नु लगायतका थुप्रै चुनौतीहरु यस क्षेत्रमा विद्यमान छन् । 
 
संभावनाको ढोका उजागर गर्न चुनौतीको बाटो हुँदै अगाडि बढ्नु पर्छ भन्ने तथ्यलाई मध्यनजर गर्दै आउने दिनमा लघुवित्त वित्तीय संस्थाहरुले यस्ता चुनौतीहरुलाई पन्छाउँदै दृढ इच्छा शक्ति लिएर अगाडि बढ्ने हिम्मत गर्नु पर्दछ । अनि मात्रै समग्र लघुवित्त क्षेत्र तथा यसमा आवद्ध ग्राहक सदस्यहरु सबैको हित हुनेछ । अन्यथा हामी यिनै चुनौतीहरुमा अल्मलिनेछौं र लघुवित्तमार्फत हासिल गर्नुपर्ने समाज रुपान्तरण अभियान सधैं ओझेलमा पर्नेछ ।  
(लेखक गणपति माइक्रो फाइनान्सका वरिष्ठ  प्रबन्धक हुन् ।)