काठमाण्डौ । ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

कैलारी गाउँपालिका वडा नं १, हसुलिया, कैलालीमा रहेको नयाँ शाखा प्रमुख अथिति हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमबीच मंसिर १८ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

मंगलबार नै भीमदत्त नगरपालिका वडा नं ४, महेन्द्रनगर, कञ्चनपुरमा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक किरण पण्डित तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।