काठमाण्डौ । प्रभू बैंक लिमीटेडले कैलाली जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा शाखा कार्यालय स्थापना गरेको छ । 

बिहीबार एक समारोहका बीच गोदावरी नगरपालिका वडानम्बर १ स्थित अत्तरियामा स्थापित शाखाको नगरपालिकाका मेयर हरिसिंह साउदले उद्घाटन गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

शाखाकार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मेयर हरिसिंह साउदले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा प्राप्त हुने अवसर प्राप्त भएको बताए ।