काठमाण्डौ । प्रभू बैंक लिमीटेडले कैलालीको टिकापुरमा शाखा स्थापना गरी कारोबार थालेको छ ।
कैलाली जिल्लाको टिकापुर नगरपालिका वडानम्बर १ मा शाखा स्थापना गरी जेठ ३१ बाट औपचारिक कारोबार थालिएको हो ।
सो शाखाको एक समारोहका बीच टिकापुर नगरपालिकाका मेयर टपेन्द्रबहादुर रावलले उद्घाटन गरे ।
उद्घाटन समारोहमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, बुद्धिजिवी तथा स्थानीय सर्वसाधारणको सहभागिता थियो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि रावलले प्रभू बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै टिकापुर शाखा कार्यालयबाट बढी भन्दा बढी सेवा लिन स्थानीयलाई आग्रह गरे ।
योसहित प्रभू बैंकको शाखा सञ्जाल संख्या १८४ पुगेको छ। देशभर बैंकका १४६ एटीएम छन् भने २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago