काठमाण्डौ । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुपयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी उपलब्ध गराइएको थियो । 

कार्यक्रममा बिरेन्द्र विद्यामन्दिर क्याम्पसका प्रमुख हर्क भण्डारी र बैंकको टिकापुर शाखाका प्रमुख प्रकाशदत्त भट्टको उपस्थिति रहेको थियो ।