काठमाण्डौ । कैलाश विकास बैंकको पच्चीसौं बार्षिक साधारण सभा आज आइतबार काठमाण्डौमा सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । गत आ.व. २०७४/७५ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरिएको थियो ।
राष्ट्रिय स्तरका विकास बैंकहरुमा सबैभन्दा जेष्ठ यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्ब ५२ करोड रहेको छ ।
अत्याधुनिक प्रविधिको उपयोग गर्दै यस बैंकले ८० वटा शाखाबाट समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago