काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले स्थापनाको २४ औं वर्षमा प्रवेश गरेको अवसरमा उपत्यका र उपत्यका बाहिर साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ । 

यो अवसरमा असोज १४ गतेका दिन काठमाडौंको न्यूरोड बिशाल बजार शाखामा बृहत रक्तदान कार्यक्रम गरियो । 

बैंकका अध्यक्ष राजेन्द्र गिरीले सो कार्यक्रममा आरम्भ गरेका थिए । रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन गरिएको थियो । 

सोही दिन काठमाडौंको न्यूरोड शाखामा पनि रक्तदान कार्यक्रम नै आयोजना भयो । बैंकका संचालकहरु गोपालप्रसाद पौडेल र  दिपक श्रेष्ठले त्यहाँको कार्यक्रम सुरुवात गरेका थिए । तयहाँबाट ४८ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । 

असोज १३ गते बिहीबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा– १७ सितापाइलास्थित पोखरा वृद्धाश्रमलाई एक कार्यक्रमकाबीच सहयोग २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्यो । यो कार्यक्रम बैंकका संचालक गोपालप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बैंकको कठमाण्डौमा रहेका शाखाहरुको सहभागितामा रबिभवन काठमाण्डौस्थित आमाघर बृद्धाश्रममा रहेका ४० जना बृद्धाहरुलाई बिहानको खाना खुवाउने कार्यक्रम समेत गरिएको बैंकले जनाएको छ । 

सोही अवसरमा पोखरा १० रामघाटस्थित श्रमीक बालबालिका तथा मजदुरका छोराछोरीहरुलाई एक कार्यक्रमकाबीच शैक्षिक सामाग्री हस्तान्तरण गरियो । कार्यक्रम बैंकका सहायकमहाप्रवन्धक सूर्यप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत असोज १५ गते पोखरामा आयोजित फिर्के–बुलौदी सरसफाई अभियानमा बैंकले व्यापक सहभागिता सहित ऐक्यवद्धता जनाएर योगदन पु¥याउने कार्यक्रम रहेको कैलाश विकास बैंकका कार्य संचालन विभाग प्रमुख विमलकुमार तिमिल्सेनाले जानकारी दिए ।