Kailash Bikas Bank
काठमाण्डौ । हालसम्म चालु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशित गरेका बैंक तथा बित्तीय संस्थामध्ये कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ सबैभन्दा उत्कृष्ट प्रगति हासिल गरेको छ ।
देशकै सबैभन्दा ठूलो विकास बैंक र विगतमा समेत विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउँदै आएको यो बैंकले चालु आर्थिक वर्षको अन्तसम्ममा पनि विगतको आफ्नो स्थान सुरक्षित राख्नसक्ने संकेत पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेर देखाएको हो ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कैलाश विकास बैंकले खूद नाफा १५०.७१ प्रतिशतले बढाएको हो । अघिल्लो वर्ष पहिलो त्रैमासमा ५ करोड १९ लाख खूद नाफा रहेकोमा चालु आबको सोही अवधिमा नाफा बढेर १३ करोडको उचाईमा पुगेको छ ।
बैंकले यो अवधिमा संचालन नाफा र खूद ब्याज आम्दानीतर्फ पनि कमालकै प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४ करोड संचालन नाफा रहेको यो वर्ष सोही अवधिमा १३ करोड ३२ लाख पुगेको छ ।
अघिल्ले वर्ष ९ करोड ८० लाख खूद ब्याज आम्दानी भएकोमा यो वर्ष बढेर २१ करोड २१ लाख पुगेको छ ।
चालु आबको पहिलो त्रैमासमा १५ अर्ब ३३ करोड निक्षेप संकलन गरी बैंकले १३ अर्ब ७२ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ९ अर्ब ६६ करोड निक्षेप संकलन गरी ७ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको थियो ।
कैलाश विकास बैंकको प्रति सेयर आम्दानीमा पनि कमालकै प्रगति हासिल गरेको छ । अघिल्लो आबको पहिलो त्रैमासमा प्रति सेयरआम्दानी १८.७१ रुपैयाँ रहेकोमा यो वर्ष बढेर ३२.९६ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ अघिल्लो वर्षको १२९.३८ रुपैयाँलाई बढाएर बैंकले १६२.९३ रुपैयाँको उचाईमा पुर्याएको छ ।
मूल्य–आम्दानी अनुपात(पीई रेसियो) १९.२४ गुणा कायम भएको छ भने सिडी रेसियो ७८.१५ प्रतिशत रहेको छ । कैलाश विकास बैंकको चुक्तापूँजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।
* यसअघिको समाचार १५० प्रतिशत हुनुपर्नेमा भूलवश अन्यथा भएकोले सच्याइएको छ ।
-सम्पादक
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19