काठमाण्डौ । कैलाश विकास बैंक खूद नाफा र अन्य आर्थिक सूचकको हिसाबले राष्ट्रिय स्तरको विकास बैंकमध्ये फेरि पनि आफूलाई अब्बल बनाउन सफल भएको छ । तर, बैंकको व्यवस्थापनले प्रक्षेपण गरेको भन्दा १० करोड कम नाफा भएको छ । 

यसअघि बैंक सम्हालिरहेका सीइओ कृष्णराज लामिछानेले यो वर्ष बैंकको खूद नाफा ६० करोड नाघ्ने प्रक्षेपण गरेका थिए(हेर्नुहोस् त्यसबेलाको अन्तर्वार्ता) । तर, उनले बैंक छाडेको केही सातापछि प्रकाशित बित्तीय विवरण भने प्रक्षेपणअनुसारको आएन । 

यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा ५० करोड २६ लाख खूद नाफा आर्जन गर्ने सफलता पाएको हो । यद्यपि बैंकको प्रक्षेपित नाफा भन्दा यो कम हो । बैंकले यो वर्ष ६० करोड बढी नाफा गर्ने प्रक्षेपण गरेको थियो । 

गत वर्ष यही अवधिमा बैंकको नाफा ३३ करोड २८ लाखमा सीमित थियो । 

अघिल्लो वर्ष ६० करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ८७  करोड ७६ लाखको उचाईमा पुुगेको छ । यस्तै, बैंकले ४२ करोड ३९ लाखमा सीमित  संचालन मुनाफालाई बढाएर ६३ करोड ६८ लाखको उचाईमा पुुगेको छ । 

बैंकले यो अधिमा १७ अर्ब १७ करोड निक्षेप संकलन गरी १५ अर्ब ४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १५ अर्ब ७ करोड निक्षेप संकलन गरी १३ अर्ब ५० करोड निक्षेप संकलन गरेको थियो । 

कैलाश विकास बैंकको रिजर्ब कोषमा दुुईगुणा बढीको प्रगति भएको छ । अघिल्लो वर्ष ४६ करोड ९० लाख रहेको यो कोष वृद्धि भई ९८ करोड ७३ लाखको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्ष ०.७९ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा बढेर ०.८८ प्रतिशतमा पुुगेको छ भने ४.७५ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ८.४० प्रतिशत पुुगेको छ । 

यो अवधिमा बैंकको प्रति सेयर आम्दानी(इपीएस) २१.९३ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४३.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.९१ गुणा कायम भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १६.८५ रुपैयाँ मात्र थियो । 

चुक्तापूँजी १ अर्ब ९७ करोडबाट वृद्धि भई २ अर्ब २९ करोड हुँदा समेत इपीएसमा भएको बढोत्तरीलाई राम्रो संकेत मान्न सकिन्छ । इपीएस, मूल्य आम्दानी अनुपात लगायतका मुख्य सूचकलाई हेर्दा कैलाश विकास बैंक लगानीका लागि एउटा उत्तम विकल्प हुनसक्ने देखिन्छ ।