काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोका–कोला पिउनाले क्यान्सर हुन सक्ने खतरा रहेको चेतावनी दिएको छ। 

डब्ल्यूएचओका कोका–कोलालगायत अन्य पेयपदार्थ र खाद्यपदार्थलाई मीठो बनाउन प्रयोग गरिने आर्टिफिसियल स्विटनर एस्पार्टमले क्यान्सरको जोखिम बढाएको छ। जुलाईमा इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) ले क्यान्सरको जोखिम निम्त्याउने वा बढाउन सक्ने तत्वहरुको सूचीमा एस्पार्टम थप्नेछ। एस्पार्टम कोका–कोला, डाइट सोडादेखि मार्स एक्स्ट्रा च्युइङ्गम र केही अन्य पेय पदार्थमा प्रयोग गरिन्छ।

डब्ल्यूएचओले अहिलेसम्म एस्पार्टम भएको उत्पादन कति खपत गर्न सुरक्षित छ भनेर जनाएको छैन। कति हानिकारक पदार्थ सेवन गर्न सकिन्छ भन्ने सुझाव डब्ल्यूएचओको छुट्टै विज्ञ समितिले दिनेछ। सामान्यतया यो सुझाव संयुक्त डब्ल्यूएचओ र खाद्य तथा कृषि संगठन विशेषज्ञ समिति अन फुड एडिटिभ्स (जेईसीएफए)द्वारा दिइन्छ।

डब्ल्यूएचओको एडिटिभ्सको समिति जेईसीएफएले यस वर्ष एस्पार्टमको प्रयोगको समीक्षा गर्दैछ। सन् १९८१ मा जेईसीएफएले यदि एस्पार्टम दैनिक एक सीमासम्म खपत हुन्छ भने त्यो सुरक्षित रहने जनाएको छ। उदाहरणका लागि यदि ६० किलो तौल भएको व्यक्तिले दिनमा १२–३६ क्यान डाइट सोडा पिउँछ भने उसले जोखिम लिइरहेको हुन्छ।

गत वर्ष फ्रान्समा एस्पार्टममा एउटा अनुसन्धान भएको थियो। यस क्रममा आर्टिफिसियल स्विटनर सेवन गर्ने १ लाख मानिसमा अध्ययन गरिएको थियो । यसले ठूलो मात्रामा कृत्रिम मिठाई (जसमा एस्पार्टम समावेश गर्दछ) सेवन गर्ने मानिसलाई क्यान्सरको उच्च जोखिम रहेको पत्ता लगाएको थियो। –एजेन्सी