काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले देशैभरि आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ महानगरपालिका वडा नं.३२, कोटेश्वरमा मंगलबार आफ्नो शाखा कार्यालय बिस्तार गरेको छ ।
इतिहासविद् तथा लेखक डा. सत्यमोहन जोशीले ती शाखा कार्यालयको समुद्घाटन गरे । शाखा कार्यालय समुद्घाटन गर्दै डा. जोशीले नेपाल जस्तो विकासोन्मुख देशमा रहेर पनि मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे । उनले बचत खाता समेत खोलेका थिए ।
कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस)ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धता सहित बैंकको सफलताको शुभकामना व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । संचालक समिति सदस्य नारायणकुमार श्रेष्ठले समेत सो अवसरमा बोलेका थिए ।
मुक्तिनाथविकास बैंकको हाल सम्मकाठमाण्डौ उपत्यकाभित्रकोटेश्वर लगायतमहाराजगञ्ज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११ शाखाहरु संचालनमा आइसकेका छन् भने जोरपाटी, ठमेल, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago