काठमाण्डौ । कोभिड महामरीका कारण विश्वको शक्तिशाली राष्ट्र अमेरिका राष्ट्रिय ऋणमा चुर्लुम्मै डुबेको छ।
अमेरिकाकै टे«जरी डाटाअनुसार हाल राष्ट्रिय ऋण ३० ट्रिलियन डलर पुगेको छ। यो ऋणको ब्याज तिर्नमात्रै अमेरिकले वार्षिक ५ ट्रिलियन डलर खर्च गर्नुपर्ने भएको छ। कोभिडकै कारण यस्तो ऋण २ वर्षमा ७ ट्रिलियनले बढेको छ। अमेरिकाका प्रान्तीय सरकारहरुले जापान तथा चीनबाट मात्रै ८ ट्रिलियन डलर ऋण लिएका छन्।
जेपी मोर्गन कम्पनीका वित्त विश्लेषक डेभिड केलीले अब अमेरिकी जनताले यस्तो ऋणको ब्याज जापान र चीनका जनतालाई तिर्नका लागि बढी कर तिर्नुपर्नेछ। यस्तो पैसा ब्याजसहित फिर्ता गर्नुपर्ने हुन्छ।
अमेरिकामा यस्तो खालको राष्ट्रिय ऋणको बढोत्तरी सन् २००८ को वित्तीय संकटपछि आएको हो। यस्तो ऋण सन् २००७ मा जम्मा ९.२ ट्रिलियन डलरमात्रै थियो।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो ऋण २० ट्रिलियन डलर पुर्याएको आरोप पनि वित्त विश्लेषकहरुले लगाउँदै आएका छन्।
अमेरिकी सरकारले उक्त ऋण कोभिड महामरीसँग लड्न स्वास्थ्य र सुरक्षाका लागि खर्च भएको जनाएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19