काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोभिडका कारण विगतमा बैंक वित्तीय संस्थाहरुले उद्योगीव्यवसायी र सर्वसाधारणलाई कर्जा तथा ब्याजमा दिँदै आएको सम्पूर्ण सुविधा खारेज गरेको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ निर्देशन जारी गर्दै कोभिडका कारण दिँदै आएको सम्पूर्ण सुविधा खारेज गरेको हो।
कोभिड–१९ का कारणले विगतमा कायम गरिएको ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न तथा सञ्चालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन वा सञ्चालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले एकपटकका लागि २०७७ असोज मसान्तसम्ममा ग्रेस अवधि थप गर्न सक्नेलगायतका बैंकिङ सुविधा खारेज गरिएको निर्देशनमा उल्लेख छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago