काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगका कारण नागरिककोे स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले रु १० लाखसम्मको इडीबीएल्स कोभिड केयर लोन किस्ताबन्दीमा तिर्न सकिने सुविधा सहितको कर्जाको नयाँ स्किम सार्वजनिक गरेको छ। 

संक्रमण फैलन नदिन आवागमन अवरुद्ध भएको तथा बैंकका शाखाहरु नियमित रुपमा संचालन हुन नसकिरहेकोे हालको अवस्थालाई मध्यनजर गर्दै कोभिड केयर कर्जा लिन चाहने ग्राहकहरुले बैंकको वेबसाइटमार्फत अनलाइन वा ९८०२७–६०६६६ मा मिसकल गरी आवेदन दिन सक्नेछन् । 

कर्जा स्वीकृत वा अस्वीकृत भएको जानकारी ग्राहकलाई १२ घण्टाभित्र उपलब्ध गराई ४८ घण्टाभित्र ग्राहकबाट आवश्यक कागजातहरु लिई प्रक्रृया पूरा गरी उक्त कर्जा प्रदान गरिने बैंकले जनाएको छ । 

साथै कर्जाको भुक्तानी सम्बन्धित अस्पताल तथा फार्मेसीलाई अनलाइनमार्फत खातामा स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ ।  

यस कर्जा सुविधाअन्तर्गत ग्राहकहरुलाई आफ्नो तथा आफ्नो परिवारको कोभिड उपचार खर्चको ९० प्रतिशतसम्म रकम ६ महिनाको ग्रेस अवधि समेत गरी अधिकतम ५ वर्ष अवधिका लागि मासिक समदर किस्तामा तिर्न सकिने गरी वार्षिक ९.०० प्रतिशत व्याजदरमा सेवा शुल्क ०.५० प्रतिशतमात्र लिई प्रदान गरिने बैंकले जनाएको छ । 

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठयारो पर्दा उपचारका लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने र जीवन रक्षामा मद्दत पुग्ने आशा बैंकले गरेको छ ।