काठमाण्डौ । कोभिड–१९ बाट अतिप्रभावित ऋणीका लागि नेपाल राष्ट्र बैंकले ठूलो रातह घोषणा गरेको छ।
केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका इजाजतप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै होटेल, ट्राभल, ट्रेकिङ र हवाई सेवाजस्ता बाह्य पर्यटकमा निर्भर रहने व्यवसायीका लागि राहत घोषणा गरेको हो।
अब यस्ता व्यवसायीले २०७९ असार सान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्व २ वर्षसम्म तिरे हुन्छ। यसका लागि ऋण दिने बैंक तथा वित्तीय संस्थाले छुट्टै हिसाब राखी कम्तीमा ४ किस्तामा असुली गर्न सक्ने छन्।
यसअघि राष्ट्र बैंकले पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न दिएको थियो। यसमा पाकेको ऋणको ब्याज पनि साँवामा मिसाएर त्यसको पनि ब्याज लाग्थ्यो।
राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाले अब २ वर्षसम्म साँवा र त्यसमा पाकेको ब्याजको रकम साँवामा मिसाउन पाइने छैन।
यसैगरी ट्रस्ट रिसिप्ट कर्जा, बिल्स डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनसम्मको अवधिका लागि मात्र प्रवाह गर्न पाइने राष्ट्र बैंकले व्यवस्था गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19