नयाँदिल्ली । टाटा ट्रस्टका चेयरमेन रतन टाटाले कोभिड १९ विरुद्ध भारत सरकारले थालेको संघर्षका लागि ५०० करोड भारु बराबरको सहयोग गर्ने घोषणा गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
भारत लगायतका विश्वका अधिकांश मुलुकहरु कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथाममा सक्रिय भएका उल्लेख गर्दै टाटाले यस्तोबेला विश्वभरलाई आपतकालीन सहयोगको खाँचो रहेको बताएका छन् ।
टाटा ट्रस्टले सबै समुदायको सशक्त र सुरक्षित राख्ने प्रतिबद्धता दोहोर्याउँदै ५०० करोड बराबरको सहयोगको प्रतिबद्धता जनाएको हो।
यो ५०० करोड अग्रपंक्तिमा काम गरिरहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि, रेस्पिरेटरी सिस्टम, परीक्षण किट्स आदिमा खर्च गरिने बताइएको छ ।
कोभिड १९ का संक्रमितहरु भारतमा शनिवार मात्रै १४९ नयाँ थपिएका छन् । योसँगै भारतसँग संक्रमितको संख्या बढेर ८७३ माथि पुगिसकेको छ । यहाँ २० संक्रमितको मृत्यु भइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago