काठमाण्डौ । कोरोना कहरकै बीच प्रभू बैंक लिमीटेडले खूद नाफा बढाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा बढेर ८५ करोड माथि पुगेको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३५.२५ प्रतिशतको वृद्धि हो ।
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १७ करोड ५६ लाख सीमित बन्न पुगेको छ । कोभिड कहर, योसँगै बढेको खराब कर्जा र त्यसका लागि नियामकीय व्यवस्था अनुसार ठूलो रकम प्रभिजनमा राख्नुपर्दा खूद नाफा ८५ करोडमाथि भएर पनि वितरणयोग्य मुनाफा भने १७.५६ करोडमा सीमित बन्न पुगेको हो ।
समीक्षा अवधिमा प्रभू बैंकको संचालन मुनाफातर्फ ४०.४९ प्रतिशतको बढोत्तरी भई १ अर्ब २५ करोड पुगेको छ ।
कोभिडकै बीच पनि बैंकको खूद ब्याज आम्दानी बढेको देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ४० करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब ६९ करोड माथि पुगेको छ ।
समीक्षा अवधिमा बैंकको रिजर्बको आकार बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिसम्म रिजर्बको आकार ३ अर्ब ८५ करोडमा सीमित थियो ।
अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब २२ करोड रहेको प्रभू बैंकको रिटेन अर्निङ बढेर यो वर्ष १ अर्ब ४० करोड पुगेको छ ।
समीक्षा अवधिसम्म १० अर्ब ३१ करोड रुपैयाँको चुक्तापूँजी रहेको बैंकको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी बढेर ३२.९६ रुपैयाँको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४.३७ रुपैयाँमा सीमित थियो । यसरी इपीएसतर्फ बैंकले ३५.२५ प्रतिशतको बढोत्तरी गरेको देखिन्छ ।
बैंकले कोभिड कहरकै बीच खराब कर्जाको अनुपात घटाउने सफलता पाएको छ । जसअनुसार अघिल्लो वर्ष ३.३२ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटेर यो वर्ष २.६७ प्रतिशतमा सीमित बन्न पुगेको छ । खराब कर्जालाई बैंकले करिब २० प्रतिशत घटाउने महत्वपूर्ण सफलता पाएको देखिन्छ ।
समीक्षा अवधिका लागि बैंकको पीई रेसियो ७.२२ गुणा, प्रतिसेयर नेटवर्थ १५५.३० रुपैयाँ, सीडी रेसियो ७२.७९ प्रतिशत रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago