वासिङ्टन। राष्ट्रपति जो बाइडेनले कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरुको विश्वास घट्दो क्रममा रहेको मंगलबार सार्वजनिक गरिएको एक सर्वेक्षणले देखाएको छ।

अक्टोबर २२–२५ मा गरिएको एक्सिओस इपोस सर्वेक्षणले ४४ प्रतिशत उत्तरदाताले कोभिडग्रस्त अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनको क्षमतामा गत जनवरीदेखि क्रमशः कमी आउँदै गएको टिप्पणी गरेका छन्। आधिकारिक तथ्यांकले सेप्टेम्बर २०२० देखि सेप्टेम्बर २०२१ सम्म मुद्रास्फीति ५.४ प्रतिशतले बढेको देखाएको छ। जसले वस्तु र सेवामा मूल्यवृद्धि गरेको छ।

विश्लेषकहरुका अनुसार विभिन्न आपूर्ति शृंखलाका अवरोध, उच्च बेरोजगारी र बढ्दो मुद्रास्फीतिबाट ग्रस्त अर्थव्यवस्थालाई बचाउन बाइडेन प्रशासनले लामो यात्रा तय गर्नुपर्ने देखिन्छ। 

– रासस/सिन्ह्वा