काठमाण्डौ । विश्व एभिएन कन्सल्टेन्सी फर्म सेन्टर फर एशिया प्यासेफिक एविएशन (सिएपिए)ले सोमबार एउटा विज्ञप्ति निकाल्दै कोरोनाभाइरसको महामारीका कारण मे महिनासम्म विश्वका अधिकांश एअरलाइन्स कम्पनीहरु टाट पल्टिने जनाएको छ ।
सीएपिएका अनुुसार यदि यो भयावह स्थितीलाई रोक्ने हो भने विश्वका सम्बन्धित देशका सरकारहरुले एअरलाइन्स कम्पनीहरुलाई सहयोग गर्नुुपर्ने र उड्डयन उद्योगले पनि तुुरुन्तै आवश्यक कदम चाल्नुुपर्ने हुुन्छ।
कोरोनाभाइरसका कारण विश्वका धेरै देशले हवाइ उडानमा प्रतिबन्ध लगाएका र यसको कारण सम्भवत कयौं कम्पनीहरु प्राविधिक रुपमा टाट पल्टने स्थितिमा पुुगिसकेको या त खराब कर्जाको दलदलमा फसिसकेको रिपोर्टमा जनाइएको छ ।
कोरोनाभाइरसले गर्दा विश्वभरका एअरलाइन्स कम्पनीहरुले आफ्नो सञ्चालनमा व्यापक कटौति गरेका छन् । उदाहरणका लागि अमेरिकाको डेल्टा एअरलाइन्सले आइतबार ३ सय वटा एयरक्राफ्ट ग्राउन्डेड गरेको र ४० प्रतिशत उडान कम गरेको जनाएको थियो । अमेरिकाले युुरोपियन युुनियन, बेलायत तथा आयरल्याण्डबाट आउने सबै पर्यटकको भिजा रोकेको छ ।
सिएपिएका अनुुसार विमानहरु ग्राउन्डेड भएपछि हवाई कम्पनीहरुको क्यास रिजर्वमा तीव्र गतिमा कमी आइरहेको छ । उडान भरिरहेका विमानमा पनि आधाभन्दा कम यात्रुु छन् । यसका साथै विश्वका देशहरुले आफ्ना नागिरकलाई सकेसम्म विदेश यात्रा नगर्न भनिरहेको छ ।
२६० वटा विमान भएको भारतको सबैभन्दा ठूलो एअरलाइन्स कम्पनी इन्डिगोले पछिल्लो केही दिनयता दिनहुँ एअरलाइन्सको बुुकिङमा १५ देखि २० प्रतिशतको गिरावट आइरहेको जनाएको छ । सस्तो हवाइ यात्राका लागि परिचित इन्डिगोले बुुकिङमा आएको कमीले कम्पनीको त्रैमासिक आयमा असर पुर्याउने जनाएको छ ।
त्यस्तै बेलायतको कम्पनी ब्रिटिस एयरवेजका सञ्चालकहरुले कम्पनीले कम्तीमा पनि तीन त्रैमासमा आफ्नो उडान क्षमतामा कटौति गर्ने बताएका छन् ।
यसका साथै कम्पनीका अनुुसार कोरोनाभाइरसको दुुष्प्रभावबाट बच्न कम्पनीका मालिक विलि वाल्सले आफ्नो अवकाशलाई पनि पछि सारेका छन् ।
आइबेरिया तथा एअर लिंगस को प्यारेन्ट कम्पनी इन्टरनेशनल कन्सोलिडेटेड एअरलाइन्स गुुप्रले पनि विमान ग्राउन्डेड गर्ने, अनावश्यक खर्च फिर्ज गर्ने, काम गर्ने अवधि घटाउने र कर्मचारीलाई कामबाट अस्थाई रुपमा बिदाई गर्ने जस्ता निर्णय गरेको छ ।
अमेरीकाको तेस्रो ठूलो कम्पनी युुनाइटेड एअरलाइन्सले पछिल्लो पाँच वर्षको तुुलनामा यो वर्षको मार्च महिनामा कम्पनीको आम्दानीमा १.५ बिलियन डलर घाटा लागेको जनाएको छ । साथै कम्पनीले आफ्नो कर्पाेरेट अफिसरहरुको तलबमा ५० प्रतिशत कटौति गरेको छ । यसका साथै कम्पनीले अप्रिल र मे महिनामा उडान क्षमतामा ५० प्रतिशत कटौति गर्ने जनाएको छ ।
कोरोनाको कारण पैदा भएको आर्थिक संकटसँग जुुध्न बेलायतको हवाइ कम्पनी युुके एअरलाइन्सले बेलायत सरकारसँग आर्थिक सहयोग मागेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago