काठमाण्डौ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन कोरोनाबाट प्रभावित हुुने पहिलो देश थियो, जसले यायातामा प्रतिबन्ध, व्यापार व्यवसायमा थिम पार्कहरु बन्द, सर्वसाधारणलाई अनिवार्य मास्क लगाउन निर्देशन र सामाजिक दुुरी कायम गर्न प्रोत्साहन गर्ने जस्ता उपायहरु अबलम्बन गरेको थियो । तर अहिले चीन विस्तारै पुुनः खुुलिरहेको छ । 

विश्वका बाँकी देशहरु चीनकै मार्गमा अग्रसर भइरहँदा चीनमा प्रकोप फैलिएको बेला सर्वप्रथम प्रतिक्रिया दिन बाध्य भएका कम्पनीहरु अहिले आफ्ना प्रारम्भिक अनुुभवहरुलाई प्रयोग गरेर अन्य क्षेत्रका लागि खाका तयार गर्न लागिपरेका छन् । 

चीनका कर्पाेरेट प्रतिक्रियाहरु विगतका केही महिनादेखि वालस्ट्रिटका विश्लेषकहरुका लागि केन्द्रविन्दुु बनिरहेका छन् । किनकि नाइकि, स्टारबक्स र डिज्नी जस्ता विश्वव्यापी कम्पनीहरु आफ्ना अनुुभवहरु देशका लगानीकर्ताहरुमाझ साट्ने र संकटको बेला दिशानिर्देश गर्ने टिमलाई श्रेय दिने काम गरिरहेका छन् । 

उदाहरणका लागि नाइकिले चीनको संकटको अर्काे पाटोलाई नियालेको र आफूले सिकेको उपयुुक्त अभ्यासहरुलाई अन्त पनि हस्तान्तरण गर्न सकिने जनाएको छ । 

त्यस्तै भोल्सवागेनले भर्खरै जर्मनीको वुुल्फवर्गमा आफ्नो विशाल प्लान्ट खोल्ने घोषणा गर्दा आफूले चीनमा रहेका ३३ मध्ये ३२ वटा कारखानाहरु खोलेको अनुुभवलाई उदाहरणको रुपमा प्रस्तुुत गरेको थियो । व्यापारिक नेतृत्वकर्ता र विशेषज्ञका अनुुसार कम्पनीहरुले भित्र्याइरहेका नयाँ रणनीतिहरुले आम जनजीवनलाई पहिलेको जस्तै सामान्य रुपमा ल्याउन नसक्ने बताएका छन् । यसको साटो संकटले हाम्रो काम गर्ने तौरतरिका, खरीदबिक्री गर्ने र व्यापार व्यवसायलाई व्यवस्थापन गर्ने तरिकालाई स्थायी रुपमा बदलिदिन सक्छ । 

“यो नयाँ सामान्य अवस्था हो ।” आइबिएम चीनका सिइओ एलियन बेनिछोउले भने । भविष्यको व्यवसाय कसरी बदलिएको छ र चीनले कसरी हामीलाई पुुर्वावलोकन दिइरहेको हेनुुस् ।

हामीले काम गर्ने तरिका
डेस्पिना कात्सीकाकिसका लागि औसत कार्यस्थल पहिले नै धेरै भिन्न देखिन थालेको छ । नविनतम र उदाउँदो अभ्यासहरुमा केन्द्रीत व्यवसायिक रियलस्टेट कम्पनी कसम्यान एण्ड वेकफिल्डको लन्डनस्थित साझेदार कात्सीकाकिसले विश्वभरका रहेका कम्पनीहरुलाई काममा फर्कन सुुझाव दिइरहेको छ । कम्पनीले चीनमा करीब १० लाख कामदारहरुलाई काममा फर्काइसकेको छ । 

कात्सीकाकिसका अनुुसार यो संकटले भविष्यको कामलाई एक दशकसम्म पुुग्ने गरी बढाइदिएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि “सिक्स फिट अफिस”को अवधारण ल्याउने आशा गरेको छ । आम्र्सटरड्याममा रहेको कसम्यान एण्ड वेकफिल्ड्सको कार्यालयमा रहेको “लिभिङ ल्याबोरेटरी” को अवधारणा पनि चीनमा रहेको कार्यालयबाट अनुुसरण गरिएको हो । 

यसका साथै अन्य प्रतिक्रियाहरु कामदारहरु र विश्वभर रहेका ग्राहकहरुबाट लिइएको हो । “यसले मूलत मानिसहरुलाई समाधानको बारेमा सोच्न, सामाजिक दुुरी कायम गर्न, भवनलाई कसरी राम्रोसँग तयार गर्ने र व्यक्तिलाई विभिन्न आचरणमा अपनाउन अभ्यस्त गर्न प्रेरित गर्ने काम गर्दछ ।” कात्सीकाकिसले भनिन । यो नयाँ सामान्य अवस्थामा कार्यालयका डेस्कहरु बिना कुुनै अवरोध पुुग्ने गरी ६ फिटको दुुरीमा रहेका छन् । 

विश्वभरका स्वास्थ्यअधिकारीहरुले पनि कोरोनाको संक्रमण फैलनबाट बच्नका लागि ६ फिटको दुुरी कायम राख्न सुुझाव दिइरहेका छन् । “एक अर्काबाट टाढा राख्न र सम्भावित संक्रमणलाई रोक्न कामदारहरुलाई कार्यालयभरि घडीको सुुल्टो दिशामा एकतर्फी रुपमा हिँड्नका लागि निर्देशन दिइएको छ । कात्सीकाकिसका अनुुसार यी सबै निर्देशिकाहरु स्वास्थ्य विज्ञहरुसँग सल्लाह गरेर जारी गरिएको हो, जसलाई अस्पतालहरुमा पनि पालना गर्ने गरिन्छ । 

“हामीले चीनबाट सिकेको सबैभन्दा ठूलो कुुरा भनेको पहिलेको जस्तै स्वस्थ वातावरण बनाउन सक्छौ भनेर विश्वास गर्नुपर्छ भन्नुु हो ।” उनले भनिन् । 

कम्पनीले हावा स्वस्थ राख्नलाई आफ्नो लगानी बढाउने योजना बनाइरहेको छ । केही कम्पनीहरुले हाच्छ्यूँबाट अरुलाई बचाउनका लागि डेक्समा पीलेक्सी ग्लास जडान गरेका छन् । कात्सीकाकिसको कम्पनीले काम गर्ने ठाउँमा कागज बिछ्याउने गरेको छ र काम सम्पन्न भएपछि कागजलाई हटाउने गर्दछ । 

हामीले खरीद गर्ने तरिका
कोर साइट रिसर्चका सीइओ डिबोरा विइनविका अनुुसार यो समय कम्पनीहरुका लागि नयाँ ग्राहकहरुमाझ ब्रान्ड चिनाउन र दिर्घकालीन सम्बन्ध स्थापना गर्ने उपयुुक्त समय हो । उनका अनुुसार यतिबेला करोडौं मानिसहरु घरमै बसिरहेका र यसले उनीहरुलाई आफ्नो दैनिक कार्यतालिका र जिवनशैली बदल्न बाध्य पारेको छ । 

“ग्राहकहरुले आफ्नो बानी बदल्न अक्सर २१ दिने लाग्ने बताउने गरेका छन् ।’ वेइनविगले भनीन । उदाहरणका लागि नाइकिले ग्राहकहरुको बदलिदो बानीव्यहोरा अनुुसार आफूलाई ढाल्दैछ । 

कम्पनीले महामारी फैलनुुअघि अनलाइन बिक्रीका लागि गरेको प्रबन्धले अहिले गति लिन सुुरु गरेको छ । चीनमा छिटोछरितो महत्वपूर्ण अनलाइन सेवा प्रदान गरेका कारण स्पोर्ट सम्बन्धी सामाग्री बिक्री गर्ने नाइकिले मार्च महिनामा राम्रो आर्जन गरेको छ ।  

कम्पनीका सिइओ जोन डोनाहाइका अनुुसार पछिल्लो त्रैमासमा चीनमा डिजिटल बिक्री ३० प्रतिशतले बढेको छ । 

त्यस्तै खरीदका लागि प्रयोग गर्ने एपको सक्रिय प्रयोगकर्ता ८० प्रतिशतले बढेको छ । कम्पनीको यो सफलता पछाडि उसको फ्ल्यागसिप एपल महत्वपूर्ण भूमिका खेलेको छ । चीनमा संकटको बेला यो एप लञ्च भएको थियो जसले मानिसहरुलाई घरभित्रैबाट शाररीक अभ्यास गर्नका लागि प्रेरीत गरेको थियो । 

प्रयोगकर्ताका लागि एप निशुुल्क उपलब्ध गराइएको थियो । कम्पनीले अन्य धेरै सामाग्रीहरु पनि अनलाइन मार्फत लञ्च गरेको छ । यसमा लिमिटेड एडिसन स्निीकर्स जस्तै एअर जोर्डन पनि समावेश छ । 

हामीले व्यवस्थापन गर्ने आपूर्ति श्रृंखलाहरु
महामारीले विश्वको आपूर्ति श्रृंखलालाई पनि पुुन संरचना गर्न बाध्य पार्न सक्छ । बोस्टन कन्सल्टीङ गुुप्रका सिइओ जोन न्यापकाअनुुसार सामान्य रुपमा उपभोग्य वस्तुुहरुको आपूर्ति श्रृंखलाहरु दक्षता र लचकतालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको हुुन्छ । ‘तर पछिल्लो केही महिना यता कच्चा पदार्थमा देखिएको अभाव र नाजुुक आपूर्ति र कामदारको बढ्दो अनुुपस्थितिले जोखिम बढाइदिएको छ ।’ उनले भने । यसले कम्पनीहरुलाई सामान कसरी बाहिर पुुर्याउने भनेर भन्ने बारेमा पुुर्नविचार गर्न बाध्य पारेको छ । 

-cnn