काठमाण्डौ । कोरोना भाइरस महामारीका कारण मागमा भारी गिरावटसँगै अमेरिकी ब्रेञ्चमार्क क्रूड वेस्ट टेक्सास इन्टरमिडियट(डब्ल्यूटिआई) अहिलेसम्मकै इतिहासमा सबैभन्दा खराब रुप प्रदर्शन गरेको छ ।
डब्ल्यूटीआईको भाउ सोमबार हालसम्मकै सबैभन्दा तल्लो स्तर अर्थात प्रतिब्यारेल ३७.६३ डलर नेगेटिभ बनेको हो ।
कारोबार सुरुवात प्रतिब्यारेल १८.२३ डलरबाट भएको थियो । तर, घट्दै घट्दै पहिला १ डलरको न्यून स्तरमा पुग्यो । तर, बजार बन्द हुँदासम्म यो नेगेटिभ अवस्थामा सीमित बन्न पुगेको थियो ।
अमेरिकामा कच्चा तेलको मूल्य एक कप कफीभन्दा पनि सस्तो बनेको छ । किनभने त्यहाँको स्टारबक्समा एक कप कफीको मूल्य ३ देखि ४ डलर पर्छ ।
कोरोना भाइरस महामारीका कारण माग निकै न्यून स्तरमा खुम्चिएसँगै अमेरिकी स्टोरेज फेसिलिटिज चाँडै भरिने तथा यो साल कम्पनीको निकै खराब नतिजा आउने आशंकाका कारण तेलको मूल्यमा यो गिरावट देखिएको समाचारमा जनाइएको छ ।
यस्तै, यो दिन ब्रेन्ट क्रूडको मूल्यमा प्रतिब्यारेल ६.३ प्रतिशतको गिरावटसँगै २६.३२ डलर कायम हुन पुगेको छ ।
उत्पादन निरन्तर रहेका कारण अमेरिकी तेल भण्डारहरु चाँडै भरिने र विश्वमा तेलको खपत तीव्र गतिमा घटेकाले समेत मूल्यमा यति साह्रो नेगेटिभ प्रभाव देखिएको सिएनएनले जनाएको छ ।
कोरोना भाइरसको नियन्त्रणका लागि विश्वभर नै लकडाउन छ । यात्राहरुमा प्रतिबन्ध लागेको छ । यसका कारण कच्चा तेलको मूल्यमा भारि गिरावट आइरहेको छ । साउदी अरब र रुसबीच मूल्यको युद्ध भएदेखि नै कच्चा तेलको मूल्यमा प्रभाव पर्न थालेको थियो ।
तथापि, यो महिनाको सुरुवातमै यी दुई देश र अन्य केही तेल उत्पादक देश मिलेर मूल्य बढाउनका लागि दैनिक उत्पादनमा करिब १ करोड ब्यारेलको कटौति गर्ने निर्णय गरेका थिए । तर, मूल्यमा त्यो निर्णयले कुनै प्रभाव पार्न सकेन ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19